सवल स्वास्थ्य र मनोकुल सफलता हासिल गर्ने अचुक उपाय

सवल स्वास्थ्य र मनोकुल सफलता हासिल गर्ने अचुक उपाय


■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

कुनै पनि व्यक्तिमा रोग प्रतिरोधक क्षमता (इम्युनिटी पावर)को प्रचुरताका लागि उसको शारीरिक एवम् मानसिक स्वास्थ्यमा सवलता आवश्यक पर्छ । आरोग्यता, सुख–शान्ति र सफलता प्राप्त गर्नको लागि सबैभन्दा उत्तम उपाय हो– पञ्च–महाभूत शुद्धि गर्नु । हाम्रो शरीर मात्रै नभई सारा विश्व–ब्रह्माण्ड पञ्च–महातत्त्वहरू (पृथ्वी, जल, अग्नि, वायु र आकाश)ले बनेका छन् । यी पञ्च–महाभूतको संयोगले नै हामी बनेका छौँ । शरीरमा यसको असन्तुलन भएमा रोगी मात्रै नबनी हाम्रो अस्तित्व नै खतरामा परिदिने गर्छ ।

शरीरमा तत्त्वहरूको संयोजनलाई सन्तुलित राखेमा दीर्घजीवनलगायत सम्पूर्ण उपलब्धि त प्राप्त होला न, मानवतनको दिव्य सामर्थ्यको पनि सदुपयोग गर्न सक्ने छौँ । पञ्च महाभूतहरूको शुद्धिद्वारा तत्त्वहरूको सन्तुलनलाई सुदृढ गर्न सकिन्छ । हाम्रो शरीरमा पृथ्वी तत्त्व सामान्यतया १२ प्रतिशत रहन्छ । नियमित रूपमा नाङ्गोे खुट्टा केहीबेरसम्म शुद्ध माटोमा हिँडिराखेमा, बगैँचामा काम गरेर हातले माटो छोइराखेमा र कहिलेकाहीँ शरीरमा माटोको लेप लगाएर पनि तत्त्वको प्रभावलाई बढाउन सकिन्छ ।

मेरुदण्डको सबैभन्दा तल्लो भागमा मूलाधार चक्रको बास हुन्छ । यस स्थानलाई पृथ्वी तत्त्वको मूल मानिन्छ । यस भागमा ध्यानलाई केन्द्रित गर्दै यसको बीज मन्त्र ‘लं’को जप गर्नु, ‘ॐगं गणपतये नमः । ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ आदि मन्त्रको जपले तत्त्वको प्रभाव जाग्छ तथा शुद्धि पनि हुन्छ । पृथ्वी तत्त्वको सन्तुलन र शुद्धि भएमा तन–मन बलियो बन्छ । भौतिक रूपमा शरीरमा पुष्टि आउँछ । निराशा भाग्छ र आत्मबल बढ्नुको साथै निर्भरता स्थिरता एकाग्रता सफलता पनि जागेर आउँछ ।

लिङ्गको पछाडि भाग मेरुदण्डमा स्वाधिष्ठान चक्रमा जल तत्त्वको बास हुन्छ । यस स्थानमा ध्यान केन्द्रित गरी बीज मन्त्र ‘वं’ र ‘ॐ नमोःनारायणाय’को जप गरेमा यस तत्त्वमा जागरण र शुद्धि हुन आउँछ । यो तत्त्व सन्तुलित भएमा धनधान्य भौतिक वस्तु सुख सन्तानसित सम्बन्धित कामनाहरू पूरा हुनुसँगै जीवनमा स्थिरता र दृढता विकसित भएर आउँछ ।

हाम्रो शरीरमा ७० प्रतिशत जल तत्त्व हुन्छ । शुद्ध जलको नियमित रूपमा प्रचुर मात्रामा सेवन र शुद्ध जलले नियमित रूपमा स्नान गरेमा जल तत्त्वको सन्तुलन कायम राख्न सहयोगी हुन्छ । स्नान गर्नाले शरीरको सफाइ त हुन्छ नै शरीरमा जलको स्पर्शले आणविक स्तरमा समेत सकारात्मक प्रभाव सम्प्रेषण गर्छ । विभिन्न प्रकारका रसिला फलफूल सागसब्जी आहारहरू नियमित रूपमा लिइराखेमा धेरै हितकर हुन्छ । लिङ्गको पछाडि भाग मेरुदण्डमा स्वाधिष्ठान चक्रमा जल तत्त्वको बास हुन्छ । यस स्थानमा ध्यान केन्द्रित गरी बीज मन्त्र ‘वं’ र ‘ॐ नमोःनारायणाय’को जप गरेमा यस तत्त्वमा जागरण र शुद्धि हुन आउँछ । यो तत्त्व सन्तुलित भएमा धनधान्य भौतिक वस्तु सुख सन्तानसित सम्बन्धित कामनाहरू पूरा हुनुसँगै जीवनमा स्थिरता र दृढता विकसित भएर आउँछ ।

अग्नि तत्त्वबिना सृष्टि सम्भव हुन सक्दैन । हाम्रो शरीरमा जबसम्म अग्नि रहन्छ तबसम्म हामी जीवित रहन्छौँ । शरीर सञ्चालनमा अग्नि उर्जाको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ । यसको सन्तुलनको लागि जीवन्त आहारको सेवन र न्यानोपनको प्राप्ति गरिराख्नु पर्छ । विहानको सूर्यको प्रकाशमा स्नान गर्नु र भगवानको आरतीको ज्योति लिनु सञ्जीवनी बुटीसरह हुन्छ । घरमा शुद्ध गाईघ्यू वा वनस्पतिको तेलमा दीपक बाल्नुले पनि तेज तत्त्वलाई सक्रिय र शुभकारी बनाइदिन्छ ।

शुद्ध र सात्विक जीवन्त आहार ग्रहण गरेर पनि तेज तत्त्वलाई बलियो बनाउन सकिन्छ । नाभीको पछाडि मेरुदण्डमा मणिपुर चक्रमा यस तत्त्वको बास हुन्छ । इन्द्रेणीका सातै रंगले प्रकाशित यस तत्त्वको सहायताले शरीरमा रहेका अन्नमयकोष, मनोमयकोष र प्राणमयकोषको पुष्टि भएको हुन्छ । यस तत्त्वको बीज मन्त्र ‘रं’ र ॐ श्री लक्ष्मीनाराणाभयां नमः मन्त्र को जप गरेमा शुभता बढ्छ । सम्पूर्ण प्रकारका शक्ति र उपलब्धिलाई हासिल गर्न सकिन्छ । मान महत्त्व यस वर्चश्वलाई प्राप्त गर्न सकिन्छ ।

हामीभित्र जन्मेको रोगको दोषी हामी आफै हुन्छौँ । केही यस्ता पनि रोग छन् जो अरुद्वारा सर्ने गर्दछन् । रोगबाट मुक्ति पाउने दुई मार्ग छन् उपचार र प्रार्थना । हुन त जहाँ औषधिले काम गर्दैन त्यहाँ दैव अनुकम्पाले काम गर्छ । तर, संक्रामक रोगबाट बच्नको लागि हरेक हालतमा स्वच्छता र सावधानीलाई ध्यानमा राख्नु नै पर्ला ।

हाम्रो शरीरमा ६ प्रतिशत वायु हुन्छ । वायुले शरीरमा शुद्धता र प्राणलाई सञ्चार गर्छ । हावामा रहेको अक्सिजनमा प्राणवायु हुन्छ । बिहानको बेलाको स्वच्छ वायु, शुद्ध वातावरणको वायु र प्राणायाम आदिको माध्यमबाट प्राणवायुको सेवनले वायु तत्त्वको शुद्धि हुन्छ । हृदयस्थानको पछाडि मेरुदण्डमा अनाहत चक्रमा वायु तत्त्वको बास हुन्छ । हुन त पाँच मूल प्राणवायु र पाँच सहायक प्राणवायु भएर सम्पूर्ण शरीरमा सम्व्याप्त रहन्छन् । यस स्थानमा ध्यानलाई केन्द्रित गर्दै बीज मन्त्र ‘यं’ र ‘ॐ उमामहेश्वराभ्यां नमः’ को जप गरेमा प्राणवायु पुष्टि हुन्छ । जीवनमा सुखशान्ति समृद्धि र सफलताको पक्ष प्रवल भएर आउँछ ।

आकाश तत्त्वलाई बलियो बनाउनको लागि खुल्ला र स्वच्छ वातावरणमा रहनुपर्छ । संकीर्ण र प्रदुषित वातावरणदेखि दूर रहनुपर्छ । घाँटीको मेरुदण्डमा विशुद्धि चक्रको स्थान छ । यस चक्रमा ध्यान केन्द्रित गर्दै ‘हँ’ बीज मन्त्र र ‘ॐ अर्धनारेश्वराभ्यां नमः’ मन्त्रको जाप परमकल्याणकारी हुन्छ । मन कर्म र वचनले कुनै पनि प्रकारका नकारात्मक तथा अशुद्धिपनालाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकेमा आकाश तत्त्व प्रबल भएर आउँछ । यसो भएमा संसारका हरेक उपलब्धिलाई सहज रुपमा प्राप्त गर्न सकिन्छ ।

प्राणीलाई जन्म, मृत्यु, जरा र रोगले पीडित गर्छ नै । भौतिक, दैवीय र आध्यात्मिक तीन प्रकारका तापले प्रभावित गर्दछन् । यसमा पनि व्याधि दुई किसिमका हुन्छन्, कर्मको चुक र संक्रमण । हामीभित्र जन्मेको रोगको दोषी हामी आफै हुन्छौँ । केही यस्ता पनि रोग छन् जो अरुद्वारा सर्ने गर्दछन् । रोगबाट मुक्ति पाउने दुई मार्ग छन् उपचार र प्रार्थना । हुन त जहाँ औषधिले काम गर्दैन त्यहाँ दैव अनुकम्पाले काम गर्छ । तर, संक्रामक रोगबाट बच्नको लागि हरेक हालतमा स्वच्छता र सावधानीलाई ध्यानमा राख्नु नै पर्ला ।

विभिन्न प्रकारका जडिबुटीहरूको उपयोगले पनि रोगबाट रक्षा गर्ने गर्दछ । आसन, प्रणयाम, ध्यान, योग, तप, आराधनाले पनि हामीलाई स्वस्थ, सुखी र सफल बनाउँछ । हरेक प्रकारका रोग शोक र मृत्युबाट रक्षाको लागि मृत्युञ्जय भगवान् महाँकाल पशुपति नाथलाई ‘ॐ ह्रौं जूं सः ॐ’ मन्त्रले पुजा आराधना जाप गरेमा अवश्यमेव अमोघ कल्याण होला । ॐ स्वस्ति ! ॐ शान्तिः !