स्कटल्याण्ड यूके। स्कटल्याण्ड यूकेमा आगामी महिना हुन लागेको कमनवेल्थ खेलकुद प्रतियोगिताको उपलक्ष्यमा स्कटल्याण्डमा रहेका नेपाली समुदायले यसै साता कमनवेल्थ खेल उत्सव मनाएका छन्। स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर ९ओएनसीडब्लू ० ले स्कटल्याण्डको अबर्डिन सहरमा उक्त कार्यक्रम आयोजना गरेको थियो।
सो अवसरमा ५ उमेर समुहमा १०० मिटर दौड, २ उमेर समूहमा चम्चा गुच्चा दौड तथा फूटबल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिता अन्तर्गत ५ वर्ष मुनिको १०० मिटर दौडमा बिभिषा उप्रेती प्रथम, मेलिसा रेग्मी दोस्रो र दर्शन उप्रेती तेस्रो भएका थिए। यस्तै ५-१० उमेर समुहको १०० मिटर दौडमा अनुष्या बोहोरा प्रथम, अंशु भण्डारी दोस्रो र काल्भिन राजभण्डारी उप्रेती तेस्रो भएका थिए। यसै गरि १०-२० वर्ष समुहको महिला१०० मिटर दौडमा सामना तिवारी प्रथम, सर्बग्या भुर्त्याल दोस्रो र ऋतिका बानियाँ तेस्रो भएका थिए। यस्तै १०-२० वर्ष समुहको पुरुष १०० मिटर दौडमा टिटो प्रथम, अभिषेक थापा दोस्रो र गौषिक तेस्रो भएका थिए। यस्तै २० बर्ष माथिको पुरुष १०० मिटर दौडमा दिपेश रेग्मी प्रथम, दिनेश थापा दोस्रो र
सरिन राजभण्डारी तेस्रो भएका थिए भने २० बर्ष माथिको महिला १०० मिटर दौडमा पावना शर्मा प्रथम, अमिता बुढाथोकी दोस्रो र सिर्जना देवकोटा तेस्रो भएका थिए। यस्तै अर्को आकर्षण रहेको ७-१५ बर्ष उमेर समुहको चम्चा गुच्चा दौडमा ली प्रथम, अनुष्या बोहोरा दोस्रो र कला हुमागाईं तेस्रो भएका थिए। यसैगरि १६ वर्ष माथिको उमेर समुहको चम्चा गुच्चा दौडमा जस्मिन रेग्मी प्रथम, अमिता बुढाथोकी दोस्रो र पावना शर्मा तेस्रो भएका थिए।
यसैगरी चार समूहको सहभागिता रहेको फुटबल प्रतियोगिताको फाइनलमा सगरमाथा समुहले कंचनजंघा टिमलाई शुन्यको बिरुद्ध २ गोलले पराजित गरेर प्रथम भएको थियो। यस अघि सगरमाथाले अन्नपुर्णलाई ५-०ले पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो भने कंचनजंघाले धौलागिरिलाई ३-२ ले हराएको थियो। प्रतियोगिताका बिजेताहरुलाई नेपालबाट आउनुभएका अभिभावकहरुले पदक र पुरस्कार वितरण गर्नु भएको थियो।
कार्यक्रम संयोजक डा सोहन घिमिरे यस्ता कार्यक्रमहरुको आयोजनाले दोस्रो पुस्ताका नेपाली बालबालिका र युवा समुदायबिच आपसी समन्वय र सदभाव बढाउने तथा स्वस्थ जीवनको लागि प्रभावकारी भूमिका खेल्ने बताउनु हुन्छ। स्कटल्याण्ड सरकार अन्तर्गतको कमनवेल्थ सेलेब्रेट कोष र बिग लोट्री कोषले सहयोग गरेको उक्त कार्यक्रममा नेपाली समुदायको उत्साहजनक सहभागिताले आगामी दिनमा संस्थाले यस्तै प्रकारका थप कार्यक्रम हरु गर्न हौसला मिलेको संस्थाका कोषाध्यक्ष निश्चल कार्कीले बताउनु भयो। -दीपेश रेग्मी
प्रतिक्रिया