विद्यार्थीका लागि अष्ट्रेलियामा ‘अर्ली सुपर फण्ड रिलिज’को निःशुल्क सेवा प्रदान गर्दै डिला

विद्यार्थीका लागि अष्ट्रेलियामा ‘अर्ली सुपर फण्ड रिलिज’को निःशुल्क सेवा प्रदान गर्दै डिला


– राजन घिमिरे

अष्ट्रेलियन सरकारले घोषणा गरेको विविध राहत प्याकेजहरुबाट अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थाई भिषा होल्डरहरु लाभान्वित नहुने भएका छन् । तर, त्यहाँको सरकारले विश्वव्यापी महामारी कोरोन भाइरस कोभिड-१९ का कारणले रोजगारी गुमेका र आर्थिक रुपमा समस्यामा परेकाहरुलाई आ-आफ्नो संचयकोष आर्थिक वर्ष सन् २०१९र२० का लागि बढिमा १० हजार डलर र आउँदो आर्थिक वर्ष २०२०र२१ मा १० हजार डलरसम्म झिक्न पाउने व्यवस्था भने गरिदिएको छ ।

अष्ट्रेलियामा संचयकोषसम्बन्धी नियम, यसको संचय गर्ने विधि, लगानी विधि र प्रयोग गर्ने पाउने नीति तथा व्यवस्था अत्यन्त कठिन र जटिल कानुनी एवम् प्राविधिक विषय भएको बताइएको छ । यस क्षेत्रका दर्तावाला दक्ष लेखापाल, वित्तीय परामर्शदाता र विशेष संचयकोष परामर्शदाताहरुले मात्र यससम्बन्धी सरसल्लाह र सेवा प्रदान गर्न पाउने व्यवस्था छ ।

यसैबीच हालको यो विश्वव्यापी महामारी कोरोन भाइरसका कारणले अप्ठ्यारोमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु जो सामान्यतः यो संचय कोष प्रयोगमा ल्याउन नपाउने कोटीमा पर्दछन्, उनीहरुका लागि हालै सरकारले जारी गरेको विशेष व्यवस्थाअनुसार ‘अर्ली सुपर फण्ड रिलिज’को सेवा इनोभेटिभ एशोसिएट्सका निर्देशक डिला खरेल र उनको कार्यालयले यो प्रयोजनको लागि मात्र यो कार्य निःशुल्क परामर्श र सेवा दिने निर्णय गरेको छ ।

‘यो सेवा विशेषतः नेपाली विद्यार्थीहरु जो अप्ठ्यारोमा पर्नुभएको छ, उहाँहरुलाई केही न केही राहत होस् र यो झन्झटिलो प्राविधिक तथा कानुनी प्रक्रियामा सहजीकरण होस् भनी सहयोग गर्नका लागि थालनी गरिएको हो । अन्तर्राष्ट्रिय विद्यार्थी जुनै देशका भए पनि निःशुल्क नै यो सेवा दिन्छौँ’-  खरेलले जानकारी दिए ।

इनोभेटिभ एशोसिएट्स सन् २०१० मा स्थापना भई अस्ट्रेलियाभर नै (कर, लेखा, कर्जा, वितिय र विमा) सेवा प्रदान गर्दै आइरहेको लेखा फर्म हो । डिला खरेल संस्थाका कार्यकारी निर्देशक हुन् भने करिव १२ जना लेखापाल तथा वित्तीय परामर्शदाताहरुको समुहले सिड्नी, मेल्वर्न, एडिलेड र तस्मनियामा प्रत्यक्ष सेवा दिँदै आइरहेको छ ।

यससम्बन्धी थप जानकारीका लागि डिला खरेल र उनको कार्यालयको टेलिफोन नम्बरहरुमा सम्पर्क गरी सेवा लिन सकिने बताइएको छ ।

फोन : ०२-८५९२११६५ सिड्नी, ०३-६२००८५५४ तास्मानिया, मो – ०४३४३९२३४७, इमेल : info @innovativeassociates .com.au