लन्डन । बेलायत स्थित लण्डनको हेज भन्ने ठाउँमा बसोबास गर्दै आएका ३६ वर्षीय एक नेपाली शंकर भण्डारीलाई कीर्ते कागजातसम्बन्धी धन्दामा संलग्न रहेको आधारमा बेलायतको एक अदालतले ४ वर्ष ४ महिनाको लागि जेल पठाएको छ । कीर्ते कागज र नक्कली कम्पनी खडा गरेको आशंकामा सन् २०१२ मा होम अफिसले छापा मारी विभिन्न कागजात, कम्प्युटर, मोबाइल फोनलगायत कम्प्युटर हार्ड ड्राइभसमेत जफत गरेको थियो भने लगतै उनी धरौटीमा रिहा भएका थिए । त्यसपछि उनले लण्डनको ग्रीन्फोर्डमा साझेदारी रुपमा काठमाडौँ कर्नर नामको ग्रोसरी पसलसमेत खोलेका थिए । बिबिध किसिमका अबैध धन्दाबापत बिद्यार्थीहरुबाट निकै मोटो रकमहरु लिएको प्रमाणसमेत अदालतसमक्ष पेश गरिएका थिए । उच्च दक्ष्यताका आधारमा दिईने भीसा जुन अहिले बन्द भैसकेको छ र जसको लागि आवस्यक कागजपत्रहरु कीर्ते रुपमा तयार पार्नुका साथै बैकमा आवस्यक पर्ने रकमसमेत जम्मा गरिदिने र सोबापत प्रशस्त रकम अशूल गर्ने गरेका थिए ।
नेपालको धादिंग जिल्लाबाट १२ बर्षअघि उनी विद्यार्थीको रुपममा बेलायतमा प्रवेश गरेका थिए । अरुले फँसाएको भन्ने बहानामा चोखिन खोजे पनि जटिल प्रक्रियाको अपराध भएकोले सजिलै उम्कनु त्यति सजिलो भने छैन । उक्त अभियोगमा केही पाकिस्तानी, ब्रिटिश र भारतीयलाईसमेत पनि जेल सजाय सुनाइएको छ । लहरो तान्दा पहरो तानिएझैँ यस काण्डले गर्दा त्यस समूहले गरेका सम्पूर्ण सिफारिसलाई अनुसन्धान गर्ने र प्राप्त गरिसकेका भीसाहरुलाई पनि अध्यागमनले पुनः छानबिन गर्ने भएको छ, जसका कारण अझै पनि थुप्रै नेपालीहरुको भीसा प्राप्त गर्ने सपना चकनाचुर हुनुका साथै प्राप्त गरिसकेका भीसालाई पनि असर पर्न सक्ने कुरा स्पष्ट रुपमा देखिन्छ । बिदेशी दलालहरुबाट ठगिएका प्रशस्त घटनाहरु सुनिए पनि नेपालीहरुको मिलोमत्तोमा रहेका यस्ता अपराधहरुले कैयौं नेपाल बिद्यार्थीहरुको भविस्यमा बज्रपात पारेको छ ।
प्रतिक्रिया