जापानमा थप दुई नेपालीमा कोरोना संक्रमण

जापानमा थप दुई नेपालीमा कोरोना संक्रमण


विशेष प्रतिनिधि, जापान

जापानमा फेरि दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जापानमा कोरोना स‌ंक्रमित नेपालीको स‌ख्या ६ पुगेको छ ।

टोकियोको इकेबुकुरोस्थित नेपाली रेष्टुरेन्टमा कायर्रत थप २ पुरूषमा संक्रमण देखिएको स्रोतले बतायो । उनीहरूको उपचार भइरहेको छ ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रकोप जापानमा रहेका नेपालीहरूमा पनि विस्तारै देखिन थालेको छ । टोकियोको इकेबुकुरो स्थित उक्त नेपाली रेष्टुरेन्टमा कायर्रत अन्य २ पुरूषमा यसअघि नै कोरोना संक्रमणको पुष्टि भएको थियो ।

इकेबुकुरोमा चार, खानागावामा एक, ईबाराकी केनमा एक महिला गरि जापानमा कोरोना संक्रमित नेपालीको संख्या ६ पुगेको हो । ईबाराकी केनमा संक्रमित भइ उपचारमा रहेकी नेपाली युवतीले भने कोरोनाविरुद्धको लडाइँ जितेकी छन् ।