यो त गणतन्त्र हो हजुर !

यो त गणतन्त्र हो हजुर !


डिल्ली अम्माई

न्यायमा कुलीनहरुले हस्तक्षेप नगरे,
निर्मलाहरु बलत्कृत नभए, र
ओम्नीहरुबाट देश ठगिएर
नागरिकहरुले मर्नु नपरे भै गो त !

खान नपाएर मर्नु त पुरानो कुरो भयो,
गरिबले उपचार नपाउनु पनि पुरानै कुरो भयो,
सुत्केरी उद्वार र गुण्डागर्दीका कुरा
अनि पुलिस यातनाका कुरा त पुराना हुन् हजुर,
गणतन्त्र हो यो
बाँकी कुरा गरे हुन्छ !

न्यायमा कुलीनहरुले हस्तक्षेप नगरे,
चेलीहरु बलात्कृत नभए, र
ओम्नीहरुबाट देश ठगिएर
नागरिकहरुले मर्नु नपरे भै गो त !

खान नपाएर मर्नु त
पुरानो कुरो भयो,
गरिबले उपचार नपाउनु त
पुरानो कुरो भयो,
सुत्केरी र गुण्डा गर्दीका कुरा अनि
पुलिस यातनाका कुरा त
पुराना हुन् हजुर
गणतन्त्र हो यो
बाँकी कुरा गरे हुन्छ !

त्यसको गुनासो गर्ने नैतिक अधिकार
मलाई कहाँ छ र ?
तस्करहरुले ज्यामी मार्ने कुरा, र
उपचारमा अधिकार ,
बाँच्न पाउने अधिकार,
यी सब बकबास हुन् हजुर
गणतन्त्र हो यो
बाँकी कुरा गरे हुन्छ !

इन्काउन्टर अभ्यास हो र
राज्य अनवरत, अभ्यासरत छ हजुर
नमर्ने कालजयी भाग्यमानी देवता,
कलिमा अवास्तविक सत्य हजुर,
अष्ट चिरन्जिवी
यो कलिमा अवास्तविक सत्य हजुर,
महाबलीका कथा र जिससको पुनर्जीवन
अवास्तविक सत्य हजुर,
गणतन्त्र हो यो
बाँकी कुरा गरे हुन्छ
यो राज्य सत्तामा
अरु सबै नित्य हुन् !

भोकमारी नित्य हो,
उपचारको पहुँचविहीनता नित्य हो,
वर्गीय समाजमा अधिकारको दाबीसहित,
समानताको माग पनि नित्य हो,
अपहरण, आत्महत्या
र धोकाधडी त
सामाजिक नित्य हो
राम राज्यमा पनि थियो
सनातनी हो, र
अपुरणैय वास्तविक सत्य,
गणतन्त्र हो यो
बाँकी कुरा गरे हुन्छ !