पञ्चासेको समर धमाका सम्पन्न

पञ्चासेको समर धमाका सम्पन्न


dancing mood

Opening

Prem and Shantलण्डन – शनिवार, २८ जून २०१४को दिन समर धमाका सांगीतिक यात्राको अन्तिम चरण माईडा जिम्नजियम हल, अल्डरशटमा भव्यताको साथ विशाल श्रोताहरुको माँझ सम्पन्न भएको छ । प्रेम राजा महत र शान्ती भण्डारीका बेलायत यात्राको अन्तिम सांगीतिक कोसेली स्थानीय ख्यातीप्राप्त कलाकारहरुको सहभागितामा बडो मनोरञ्जन गरि पस्काउन सफल भएको छ । पञ्चास’े समाज यूकेको यो पहिलो प्रस्तुति थियो तथा समर धमाका सांगीतिक कार्यक्रमको दोश्रो श्रृङखलालाई समाजको अध्यक्ष तथा समर धमाका सांगीतिक कार्यक्रमको प्रमुख संयोजकको अध्यक्षतामा समाजका महासचिव जया बहादुर गुरुङ तथा समाजकी सदस्य सृष्टी गुरुङले सञ्चालन गरेका थिए । यस कार्यक्रमलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेका थिए । प्रथम चरणको कार्यक्रममा समाजका अध्यक्ष सुमल कुमार गुरुङ तथा उपाध्यक्ष द्वय उत्तम गुरुङ तथा शान्त गुरुङको बाहुलीबाट पानस प्रज्वलन गरेर उद्घाटन गरिएको थियो । त्यसपश्चात अमेरिकाबाट आएका विशिष्ट व्यक्तित्व तथा नेपाली लोकसंगीतका लिजेण्ड प्रेम राजा महत तथा शान्ति भण्डारीलाई समाजका कन्याहरुबाट पुष्पगुच्छ उपहार साथै खादा ओढाएर सम्मान गरेका थिए । शुरुमा कार्यक्रमको परिचय दिँदै स्वास्थ्य र सुरक्षाको बारेमा समाजका महासचिव जया गुरुङले प्रकाश पारेका थिए । कतिपनि ढिलो नगरी समाजका अध्यक्षले स्वागत मन्तव्य र धन्यवाद उपस्थित सम्पूर्ण श्रोताहरुलाई एउटा मुक्तक वाचन गरेर स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए । यो कार्यक्रम नेपालमा अध्ययनरत् पञ्चासे क्षेत्रका जेहेन्दार विद्यार्थीहरुलाई केहि आर्थिक सहयोग प्रदान गर्ने उद्धेश्य लिएर सम्पन्न गरिएको थियो । २१ जून २०१४को दिन विलविच लण्डनमा सम्पन्न समर धमाका पहिलोको उद्धेश्य नेपालीहरुका लागि एउटा सामूदायिक भवन खरिद गर्ने उद्धेश्य लिएर सम्पन्न गरेको थियो । शनिवारको कार्यक्रममा प्रेम राजा महत र शान्ती भण्डारीलाई साथ दिने स्थानीय कलाकारहरुमा भेटेरेनस् व्याण्डका किरण सुब्बा समुह, लोकगीतमा कृष्ण गुरुङ समुह, साधना गुरुङ, एलिजा गुरुङ, यम गुरुङ तथा रेडिङका कलाकारहरु क्रमशः पूर्णिमा लिम्बू, रोशन राई तथा श्रीजना तुम्फाहाम्फे थिए । हलभरिका श्रोताहरुलाई मनोरञ्जन दिन खप्पिस प्रेम राजा महत र शान्ती भण्डारीले अबेर साढे एघाराबजेसम्म हल तताएका थिए । हलभरिका श्रोताहरु तँछाड मछाड गर्दैै मञ्चका अघिल्तिर पसिनाले लोथपोथ हुने गरि नाच्दै रमाएका थिए । यो एउटा ऐतिहासिक समर धमाकाले बेलायतभरि धमाका मचाएको छ । अब एक जुलाईका दिन कलाकारहरु अमेरिका फिर्दैछन् । श्याबास ! प्रेम र शान्ती ! फेरी एकपल्ट “सिमसिमे पानी” र बाँझोखेतले बेलायत गुञ्जायमान बनाउन सफलभएको थियो ।