भगवान् गिरी, (रासस) लिस्बन
पोर्चुगलको फारोमा एक नेपालीको उपचारका क्रममा शुक्रबार (१ मई) निधन भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङको दुर्घटनामा परेर मृत्यु भएको हो ।
पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका तामाङ पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए ।
लडेर आगोमा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पुर्याइएको थियो । उनको मगजमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ ।
घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुग्नुभएको थियो ।
मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन् ।
प्रतिक्रिया