जापानमा १४ हजार ८ सय ७७ व्यक्तिमा कोरोना संक्रमण

जापानमा १४ हजार ८ सय ७७ व्यक्तिमा कोरोना संक्रमण


विशेष प्रतिनिधि, टोकियो

जापानभरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या १४ हजार ८ सय ७७ जना पुगेको छ ।

एयरपोर्ट क्वारेन्टाइनमा संक्रमण पुष्टि भएका, स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, क्वारेन्टाइन अधिकारीहरु तथा सरकारी चाटर्ड विमानमार्फत चीनबाट फर्किएका व्यक्तिहरु सो तथ्यांकमा संलग्न छन् । यसमा नागासाकीमा मर्मतका लागि राखिएको कोस्टा एटलान्टिका नामक क्रुज पानीजहाजका यात्रुहरु समेत समावेश छन् ।

शनिबार (२ मे) जापानभरमा ३ सय ७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । राजधानी टोकियोमा १ सय ६० जनामा संक्रमण पाइएको छ ।

योकोहामा पोर्टमा क्वारेन्टायन गरिएको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजमा संक्रमित भेटिएका यात्रुहरुसहितको संख्या भने १५ हजार ५ सय ८९ जना हुन आउँछ ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरुमध्ये तीन सय जनाको स्थिति नाजुक छ भने ३ हजार ४ सय ६६ जना सफल उपचारपश्चात घर फर्किसकेका छन् ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले ५ सय १७ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित ५ सय ३० जना पुगेको छ ।