भारतमा पहिलोपटक कोरोना भाइरसबाट एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार ९०० जना नयाँ संक्रमित फेला परेका छन् भने १९५ जनाको मृत्यु भएको छ ।
भारतमा योसहित मृत्यु हुनेको संख्या १,५६८ पुगेको छ भने संक्रमितको संख्या ४६,४३३ पुगेको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार हालसम्म १२ हजार ७२७ जना निको भएर घर फर्किएका छन् । अहिले पनि ३२ हजार १३८ जना उपचारका क्रममा रहेका छन् ।
भारतीय राज्य महाराष्ट्रमा १४ हजार ५४१ जना तथा गुजरातमा ५ हजार ८०४ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया