कोरोना-महामारीका कारण हालसम्म २ लाख ५७ हजार भन्दा धेरैको मृत्यु

कोरोना-महामारीका कारण हालसम्म २ लाख ५७ हजार भन्दा धेरैको मृत्यु


कोरोना भाइरसको महामारीबाट संसारभर आज (६ मे) सम्म २ लाख ५७ हजार २ सय ३९ जनाको मृत्यु भएको छ । जोन हप्किन्स विश्वविद्यालयको ताजा तयाङ्कअनुसार विश्वभर सङ्क्रमित सङ्ख्या ३६ लाख ६२ हजार ६ सय ९१ रहेको छ ।

अमेरिकामा मात्रै ७१ हजार भन्दा धेरैको ज्यान गएको छ भने त्यहाँ सङ्क्रमित सङ्ख्या १२ लाख ४ हजार ३ सय ५१ पुगेको छ । तथापि, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कोरोना टास्क फोर्स’ खारेज गर्दै अबको एक साताभित्र अमेरिकालाई पुरानै अवस्थामा फर्काइने घोषणा गरेका छन् ।

उता, बेलायतमा बितेको २४ घण्टामा ६ सय ९३ जनाले ज्यान गुमाएका छन् भने देशभरमा मृत्यु हुनेको सङ्ख्या बेलायतमा २९ हजार ५ सय रहेको छ । युकेमा कोरोना भाइरसका कारण मृत्युको आँकडा स्पेन र इटालीको भन्दा ज्यादा देखिएको छ । स्पेन, इटाली, फ्रान्स र बेलायत गरी कुल १ लाख ९ हजार ९ सय ९६ ले कोरोनाकै कारण जीवन गुमाएका छन् ।

भारतमा १५ सय ८३ जनाले ज्यान गुमाउँदा सङ्क्रमित हुनेको सङ्ख्या ४६ हजार ७ सय ११ पुगेको छ ।