पत्रकार महासँघ र तमू धिंबीच सहकार्य

पत्रकार महासँघ र तमू धिंबीच सहकार्य


10505508_10152167700628639_3491061104368495840_nलण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले तमू धिं यूकेको आयोजनामा हुने नेपाली मेलालाई सफल बनाउनका मेलाका आयोजक तमू धिंसँग सहकार्य गर्ने भएको छ । मेलालाई सफल पार्ने उद्देश्यले गत आइतवार तमूधी यूकेका अध्यक्ष कमल गुरुङ र नेपाल पत्रकार महासंघ यूके शाखा अध्यक्ष चिरन शर्माबीच छलफल भएको थियो ।अल्डरशटमा भएको उक्त छलफलमा अध्यक्ष शर्माले तमू धिं यूकेको आयोजनामा हुने नेपाली मेलाको गतिविधि नेपाली सञ्चार माध्यममार्फत् आमनेपाली समुदायमा लाने प्रतिबद्धता जनाएका छन् । उनले विदेशी भूमिमा हुने अन्य कार्यक्रममा भन्दा नेपाली मेलाको महत्व छुट्टै रहेको बताउँदै आगमी दिनमा नेपाली सञ्चार माध्यममा थप प्रचार-प्रसार गर्नुपर्ने अल्याएका थिए । ।
उक्त छलफलमा कमलगुरुङले नेपाली सञ्चार क्षेत्रले विगतमा लाँदै आएको सहयोगप्रति आभार ब्यक्त गर्दै अगामी दिनमा दुवै संस्थाबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए भने नेपाली मेलामा नेपाल पत्रकार महासंघले नेपाली मिडिया प्रदर्शनीको आयोजना गर्ने लागेको औपाचारिक जनाकारी अध्यक्ष गुरुङलाई शर्माले गराएका थिए ।
तमू धिं यूकेका उपाध्यक्ष तथा नेपाली मेला आयोजक समितिका संयोजक ज्ञान गुरुङले नेपाल पत्रकार महासंघ यूकेको आयोजनामा हुने सो नेपाली मिडिया प्रर्दशनीलाई आवश्यक पर्ने भौतिक तथा अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले पत्रकार महासंघले पहिलो पटक औपाचारिक रुपमा सहकार्य गर्न राखेको प्रस्ताव स्वागतयोग्य भएको बताएका छन् ।सोही अवसरमा रेडियो कान्तिपुरका यूरोप संयोजक रुपेश सिलवालको समेत उपस्थिति रहेको थियो ।