भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ ।
केन्द्रीय राजधानीसमेत रहेको प्रदेश सरकारले कोरोनाविरुद्धको लडार्इँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो ।
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत परवाह नगरी निरन्तर कोरोनाविरुद्धको लडाईमा सक्रिय भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘कामको सिलसिलामा उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भयो र दुर्भाग्यवश उहाँले हामीलाई छाडेर जानुभयो । उहाँको योगदानलाई म सलाम गर्दछु र आत्माको चीर शान्तिको कामना गर्दछु ।’
मुख्यमन्त्री केजरीवालले अमितको योगदान र लगावको उच्च मुल्याङ्कन गर्दै पीडित परिवारलाई एक करोड क्षतिपुर्ति प्रदान गर्ने पनि ट्वीटरमै लेखेका छन् ।
प्रतिक्रिया