प्रेम राजा महत र शान्ती भण्डारीलाई विदाई

प्रेम राजा महत र शान्ती भण्डारीलाई विदाई


IMG_8378लण्डन – समर धमाका कन्सर्टका लागि बाल्टिमोर, अमेरिकाबाट बेलायत आएका लोकसंगीतका लिजेण्ड प्रेम राजा महत र लोकप्रिय लोक गायिका शान्ती भण्डारी लण्डनबाट दिनांक ०१ जुलाई २०१४का दिन प्लमस्टिड स्थित नेपाली टिभीको कार्यालयमा कन्सर्टका मुख्य संयोजक, पञ्चासे समाजका अध्यक्ष तथा तमुधिं यूकेका सल्लाहकार तथा सहसंयोजक मोहन गुरुङ, तमुधिं यूकेका सल्लाहकार तथा अन्य संस्थाका सदस्यहरुद्वारा भावपूर्ण विदाईको कार्यक्रम सम्पन्न गरेको थियो । कलाकारहरु साँझ साढे पाँच बजेको विमानबाट वाशिङग्टन डीसी प्रस्थान भएका छन् । लगभग २ सप्ताहको बसाईमा प्रेम राजा महत र शान्ती भण्डारीले धेरै सांगीतिक कार्यक्रमहरुमा सहभागी भएर बेलायतका श्रोताहरुलाई मन्त्रमुग्ध पार्न सफल भएका थिए । मुख्यतया समर धमाका कन्सर्टको २ वटा श्रृङ्खला पञ्चासे समाज यूके र दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले सम्पन्न गरेका थिए । सामुदायिक भवन खरिद र नेपालमा अध्ययन्रत् जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ सांगीतिक च्यारिटी कार्यक्रम सम्पन्न गरेको कुरा आयोजकहरुले प्रकाश पारेका छन् ।