लण्डन, २८ जुन २०१४, बेलायती आर्म फोर्स डेको अवसरमा साउथ इस्ट लण्डनको एउटा सामुदायिक महोत्सबमा कन्दरा सांगीतिक समुहका गायक बिबेक श्रेष्ठले आफुले संचालन गरेको कन्दरा पर्फर्मिंग आर्ट सेन्टरमा संगीत सिकिरहेका बिद्यार्थीहरु सहितको स्टेज प्रस्तुति दिएका छन् । ग्रीनवीच काउन्सिलले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन समारोहमा नेपाली भेषभुषामा सज्जित बालबालिकाहरुको नेपाली नृत्य निकै रोमान्चित देखिन्थ्यो जसको कोरियोग्राफ नृत्य शिक्षक सुरेश श्रेष्ठले गरेका थिए । त्यस पछाडिको बिबिध सांगीतिक प्रस्तुतिमाझ गायक बिबेक श्रेष्ठ र उनकी छोरी शिब्बीले अन्य नेपाली संगीतकारहरुको बाध्य-बाधनमा गाएको अंग्रेजी-नेपाली मिश्रणको गीत कार्यक्रमको आकर्षण बनेको थियो । बीबीसी लण्डन खबरमा समेत उनीहरुको प्रस्तुतिको झलक देखाइएको थियो । साउथ इस्ट लण्डनको चार्ल्टनमा स्थाई रुपमा बस्दै आएका गायक श्रेष्ठ नेपाली कला र संस्कृतिको प्रवर्दनमा पछिल्ला केहि बर्षहरु देखि आफ्नो सक्रियता बढाउदै आएका छन् ।
उक्त कार्यक्रममा पूर्व एक्स फ्याक्टर प्रतिस्पर्धी जेड एलिससहित बिभिन्न सैनिक तथा गैरसैनिक सांगीतिक समुहहरुले आफ्नो कला पस्किएका थिए । ग्रेट गेट टुगेदर नाम दिइएको उक्त महोत्सबमा स्थानिय सांसद, मेयर, राजनीतिज्ञ तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरुको साथमा अनेकन देश र समुदायका २० औ हजार स्थानीय दर्शकहरुको अवलोकन रहेको थियो । आर्मी ब्यारेकको खुला चौरमा आयोजित मेलामा संगीतका अलावा खेलकुद, बिबिध प्रदर्शनी तथा खानपानले धेरैलाई आकर्षित गरेको थियो ।
कार्यक्रमपछि प्रफुल्ल देखिएका गायक बिबेक श्रेष्ठले नेपालीहरुको मात्रै उपस्थितिमा सधैंजसो कार्यक्रम गरिरहँदा बिदेशीहरुसामु पृथक शैलीमा नेपाली संस्कृतिको प्रचार गर्न पाउँदा गर्व लागेको बताए । दश बर्षमुनिका साना नानीहरुलाई स्टेजमा उतार्दाको मिहिनेत सम्झिंदै उनले भने । सहभागी बच्चा तथा उनका अविभावकहरु को आत्मविश्वासले आकाश चुमेको छू, । स्थानीय समुदायसंग हामीलगायत हाम्रा भावी पुस्तालाई घुलमिल गराउनको निम्ति यस्ता कार्यक्रमको नेपालि समुदायको हितमा दुरगामी महत्व छू , उनले थपे । यति ठूलो ब्रिटिश महोत्सबमा यो खालको नेपाली प्रस्तुति पहिलो पटक भएको आँकलनसमेत उनले गरे । नृत्य प्रस्तुतिमा अश्मिता कुँवर, प्राची श्रेष्ठ, कोहिनूर शाही, बेल थापा, देभिना श्रेष्ठ, आस्ना भण्डारी, रिया खरेल, केल्सी सापकोटा, अलिशा कंडेल तथा सांगीतिक प्रस्तुतिमा बिबेक श्रेष्ठ, गंगा थापा, शिबिरा पुन श्रेष्ठ, अमित रेश्मी मगर र उत्तम श्रेष्ठ रहेको जानकारी उनले दिएका थिए ।
प्रतिक्रिया