अमेरिकी सरकारले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको आरोप चीनले लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको धारणा पनि चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरे । अमेरिकी प्रशासनले कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलत प्रचार गरेको उनको आरोप छ ।
दैनिक पत्रकार सम्मेलनका क्रममा बिहीबार (१४ मे) प्रवक्ता झाओले अमेरिकी अधिकारीहरुले कोरोना भाइरसको महामारीलाई पनि राजनीतिकरण गरेको जिकिर गरे । आफ्नो जिम्मेवारीभन्दा पनि चीनको विषयमा नभएका हल्लाहरू सिर्जना गर्नु कुनै पनि राष्ट्रका लागि शोभनीय र जायज कुरा नभएको प्रवक्ता लिजियनको तर्क थियो ।
प्रतिक्रिया