गत २४ घण्टामा भारतमा थप ३ हजार ९६७ जना कोरोना भाइरस संक्रमित भएपछि भाइरस (कोभिड–१९) को संक्रमितको संख्या झण्डै ८२ हजार पुग्न लागेको छ । शुक्रबार (१५ मे) दिउँसो ८१ हजार ९७० जना पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा बिहीबार एकै दिनमा १०० को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ६४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५१ हजार ४०१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँ मात्र २७ हजार ५२४ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रमा ६ हजार ५९ व्यक्ति निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाट १ हजार १९ जनाको मृत्यु भएको छ ।
महाराष्ट्रपछि तमिलनाडु दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने २ हजार २४० जना भने निको भएका छन् । तमिलनाडूमा ६६ जना कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
गुजरातमा ९ हजार ५९१ संक्रमति रहेका छन् भएका भने ३ हजार ७५३ निको भएका छन् । गुजरातमा कोरोना भाइरसको संक्रमणबाट ५८६ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार ४७० पुगेको छ । दिल्लीमा ३ हजार ४५ कोराना भाइरसबाट संक्रमित भएका छन् । दिल्लीमा ३ हजार ४५ जना कोरोना निको भएको छ । दिल्लीमा यस संक्रमणबाट ११५ जनाको मृत्यु भएको छ ।
संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिँदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले थप योजनासहित चौथो चरणको लकडाउन गर्ने बताएका छन् ।
प्रतिक्रिया