भारतमा भएको सडक दुर्घटनामा चौविस मजदूरको मृत्यु

भारतमा भएको सडक दुर्घटनामा चौविस मजदूरको मृत्यु


भारतको उत्तर प्रदेशमा पर्ने औरैया जिल्लामा दुई ट्रक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा २४ जना मजदूरहरूको मृत्यु भएको छ भने थप केही मजदूर घाइते भएका छन् ।

राजस्थानबाट उत्तर प्रदेशतर्फ गइरहेका मजदूरहरू दुर्घटनामा परेका हुन् । घाइतेहरूको नजिकको अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाहरूले जनाएका छन् ।

बताइएअनुसार उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले घटनास्थलको अवस्थाबारे जानकारी लिँदे समयमै पुगेर उद्धार र पीडितलाई सबैखाले राहत प्रदान गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएका छन् ।

औेरैयाका अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार मृतक मजदूरहरू बिहार, झारखण्ड र पश्चिम बंगालका रहेका छन् ।