पुनः दुई हप्ता लकडाउन बढाउँदै भारत

पुनः दुई हप्ता लकडाउन बढाउँदै भारत


कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्ने क्रम नरोकिएपछि भारतले लकडाउन (बन्दाबन्दी)को अवधिलाई पुनः दुई हप्ता थप्ने तयारी गरेको छ । कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार (१६ मे) भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन । तथापि, बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले बन्दाबन्दी बढाउने सही निर्णय लिनुभएको छ ।’

यसैगरी, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन् । पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसम्म लकडाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका बताइएको छ ।