क्षेत्री समाज यूकेको धूमधामको वार्षिक उत्सव

क्षेत्री समाज यूकेको धूमधामको वार्षिक उत्सव


11लण्डन । गत शनिबार, फेल्थामस्थित कम्युनिटि सेन्टरमा क्षेत्री समाज यूकेले आफ्नो वार्षिक कार्यक्रम व्यापक उल्लासका साथ सम्पन्न गरेको छ । दक्षिण पूर्व लण्डनको आयोजनामा सम्पन्न भएको सो भेला विहानको एघार बजे शुरु भएको थियो ।
बेलायतस्थित नेपाली दूताबासबाट का.वा. राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतीथ्य र नेपाल पत्रकार महासँघ यूके शाखाका अध्यक्ष चीरन शर्माको विशेष आतीथ्यमा सम्पन्न सो कार्यक्रममा समाजका संरक्षक ध्रुव के.सी., समाजका पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरु भीम बानिया, कृष्ण बहादुर अधिकारी क्षेत्री, कानूनी सल्लाहकार सोलिसिटर राजु थापा, सल्लाहकार डा. राम कुमार अधिकारी क्षेत्री आदि अतिथिहरु रहेका थिए ।
कार्यक्रमको सो औपचारिक चरणको सञ्चालन समाजका महासचिव रि. क्याप्टेन टेक घर्ती क्षेत्रीले गरेका थिए भने स्वास्थ्य तथा सुरक्षाका लागि औपचारिक ब्रिफिंग समाजका मिडिया कोअर्डिनेटर नरेन्द्र बस्नेतले गरेका थिए ।कार्यक्रमको सो भेलालाई स्वागत गर्दै सम्वोधन, समाजका उपाध्यक्ष रि. क्याप्टेन धन बहादुर कुँवरले गरेका थिए ।
पानसमा बत्ती संयुक्त रुपमा का.वा. राजदूत तेजबहादुर क्षेत्री, समाजका संरक्षक ध्रुव के.सी. र समाजका अध्यक्ष प्रेम खड्काले बालेबा थिए । त्यसको लगत्तै नेपाली र अंग्रेजी राष्ट्रिय गीतहरु बजाएर दुबै देशप्रति सम्मान व्यक्त गरिएको थियो । दीपक थापाले …जहाँ छन् बुद्धका आँखा..शीर्षकको गीत अनि अलिशा खड्काबाट …म राम्री हुन के गरुँ..शीर्षकको गीतमा नृत्य गरेपछि बेलायतका विभिन्न क्षेत्रमा उललेखनीय योगदान गर्नेहरुदेखि लिएर आआफ्ना पेशामा, पढाइमा प्रगति गर्ने क्षेत्रीहरुलाई का.वा. राजदूत, समाजका संरक्षकबाट सम्मान तथा प्रशंसा पत्रहरु हस्तान्तरण गरिएका थिए । यी सबै पहलमा प्रसिद्ध गुल्मेली नौमति बाजा समूहबाट नौमति बाजा बजाइएकाथिए ।
22आफ्नो रहनसहन तथा भेषभुषालगायत परम्पराहरुलाई आआफ्नै प्रयासहरुबाट संरक्षित गर्ने क्रममा विदेशमा विभिन्न जातीय संघसंस्थाहरुको स्थापना भएको हुनसक्नेमा समाजमा सकारात्मक प्रभाव पर्नेमा आफू विश्वस्त भएको मन्तव्य का.वा. राजदूत तेजबहादुर क्षेत्रीले बताएपछि समाजका अध्यक्ष प्रेम खड्काले उपस्थित सबैलाई धन्यावद दिई सो औपचारिक कार्यक्रमको विसर्जन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरण अर्थात् सांस्कृतिक चरणको सञ्चालक कल्चरल सेक्रेटरी सेविका जी.सी.ले गरेकी थिईन् । सांस्कृतिक चरणमा दीपक थापाबाट (गायन), बेकी क्षेत्रीबाट (नृत्य), आमा समूहबाट (नृत्य), लोचन क्षेत्रीबाट (नृत्य), अदिती अधिकारीबाट (नृत्य), समीर र श्रेया महतबाट (मन्तव्य), संजोग जी.सी.बाट (नृत्य), प्रतिमा के.सी.बाट (कविता वाचन), प्रमिला जी.सी.बाट (नृत्य), सुजन पराजुलीबाट (गायन), सम्झना र संजोग जी.सी.बाट (नृत्य), उर्सुला कार्कीबाट (कविता वाचन), स्वीन्डन पर्फमेन्स ग्रुपबाट (नृत्य १), रविन्द्र थापाबाट (गायन), स्वीन्डन पर्फमेन्स ग्रुपबाट (नृत्य २), भाइराजा थापाबाट (गायन), श्रृष्टि अधिकारीबाट (नृत्य), रश्मी गौतमबाट (नृत्य) र सेविका जी.सी.बाट (नृत्य) को प्रदर्शनी गरिएकाथिए ।
33खानपानको राम्रो व्यवस्था गरिएको सो कार्यक्रमको अन्त्यमा ककटेल डान्स रातको अबेरसम्म चलेको थियो । कार्यक्रममा लगभग चार सय जना जतिका क्षेत्री तथा केही अन्य जातिका मानिसहरुको पनि सहभागिता रहेको सो कार्यक्रमलाई निक्कै नै रमाइलो भएको भनाइहरु सहभागीहरुको अनुभवबाट सुन्न सकिन्थ्यो । पहिलोपटक क्षेत्री समाजको वार्षिक कार्यक्रममा पत्रकारहरुको राम्रो उपस्थिति पनि रहेको थियो । समाजका अध्यक्ष र संरक्षकलाई जातीय समाजको संस्थाको स्थापनाको महत्व, क्षेत्रीहरुको सामाजिक योगदान अनि पारम्परिकताको जगेर्ना आदिका बारेमा प्रश्नहरु प्त्रकारहरुबाट सोधिएका थिए । हलको भित्र अनि बाहिर, सहभागीहरु भरपुर रुपमा फैलिएर पूर्ण मनोरञ्जन लिएका देखिन्थे ।
—नीर खड्का, तस्वीर नरेन्द्र बस्नेत and Bharat Rokka
Please click here to view the entire album

Some videos- from Mr. Bharat Rokka
[youtube]http://www.youtube.com/watch?v=owN5mMPWr5Y[/youtube]
[youtube]http://www.youtube.com/watch?v=Sgqs_5J0epY[/youtube]
[youtube]http://www.youtube.com/watch?v=1QKEdHgM2YY[/youtube]