क्वारेन्टिनमा बस्नेहरुको लागि विद्याद्वारा सहयोग

क्वारेन्टिनमा बस्नेहरुको लागि विद्याद्वारा सहयोग


पोखराको मालेपाटनस्थितको क्वारेन्टिनमा बस्नेहरुको लागि विभिन्न आवश्यक सामग्रीको अभाव भएपछि मातृभूमिका लागि नेपाली, पोखरा १२ की संयोजक विद्या अधिकारीले ८० हजार बराबरको सामाग्री उपलब्ध गराउनुभएको छ ।

उक्त क्वारेन्टिनको लागि उहाँले एक थान ३२ इन्चको फ्लाटन टिभी, एक थान इमर्जेन्सी लाइट, ४ सय पिस ग्लोब, ४ सय पिस मास्क, १० थान सेनीटाइजर, बेड १ सेट, ५ केस पानीका साथै हेण्डवास, मार्टीन स्प्रे लगायतका सामाग्री उपलब्ध गराउनुभएको हो ।

पोखराका संचारकर्मी अपिल त्रिपाठीको अनुरोधको आधारमा पोखराका मुटुरोग विषेषज्ञ डा. आशिष त्रिपाठीसँगको परामर्श एवम् समन्वयको साथै स्थानीय समाजसेवी मणि रेग्मीसँगको सहयोगमा उक्त सामाग्री उपलब्ध गराउनुभएको बताइएको छ ।

संयोजक अधिकारीले यसअघि पोखराका सञ्चारकर्मीहरुका लागि ५० थान सेनीटाइजर, १०० पिस ग्लोव, १०० पिस मास्क नेपाल प्रेस युनियन कास्कीका नवीन सिग्देलमार्फत उपलब्ध गराउनुभएको थियो ।

संयोजक अधिकारीले आगामी दिनमा पनि अप्ठ्यारोमा परेको बेला यस्तै खालका सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।