■ दामोदर पौडेल
गाई प्रत्यक्ष धार्मिक महत्वको जनावर होइन, तर यो बहुउपयोगी जनावर हो । ज्यादा उपयोगी वस्तु, विरुवा आदिलाई सम्मान गर्ने र क्रमशः त्यसलाई देवत्वकरण नै गर्ने प्रचलन हिन्दूहरूमा रहेको पाइन्छ । उपयोगी बस्तुलाई सम्मान र महत्व दिने क्रममा देवतासमान नै पुज्ने संस्कार–संस्कृतिका कारण गर्दा गाई देवी–देवता नै बन्न पुगेको हो भन्ने पङ्क्तिकारको बुझाई छ । ‘गाई देवता होइन’ भन्ने हो भने हिन्दूहरूलाई राम्रो लाग्दैन । यो संस्कार या आदतले पारेको प्रभाव पनि हो ।
पङ्क्तिकार ब्यक्तिगत रूपमा साकाहारी ब्यक्ति हो । मैले मेरो छोरासँग ‘गाई देवता (देवी) हैन पशु हो’ भन्दा उसले मलाई हिन्दु धर्मविरोधी र धर्म–संस्कृतिलाई अपमान गरेको भनी आपत्ति पकट गर्न पछि परेन । त्यति मात्र नभई मैले आज भन्दा सय वर्षपहिलाको राष्ट्रवादको मान्यता अहिले ‘उग्रराष्ट्रवाद’ ठहरिन्छ, मानिस राष्ट्रको नाममा सीमित हुन सक्दैन र समाज मानवतामा मात्र जाँदैछ भनी तर्क राख्दा मेरो भनाईको मर्म नबुझी उसले राष्ट्रियताको महत्व मलाई सम्झाउन थाल्यो । धर्म र राष्ट्रप्रतिको उसको अगाध आस्थालाई म सम्मान गर्दछु र यो युवा अवस्थाको पहिचान पनि होला ।
नकारात्मक कुरा गरेको अर्थ नलागोस्, गाईले मानिसलाई हानेर मारेका घटना छन् । छोडिएका गाईले मानिसको फोहोर खाएको समेत सबैले देख्दै आएको कुरा नै हो । गाईलाई हेर्दा उनमा कुनै देवत्वको रूप पनि व्यक्तिगत रूपमा म देख्दिनँ । तर, गाईलाई हामीहरूले देवी नै मानिरहेका छौँ । केहीले गाईलाई मारेर खाइरहेका छन् । ‘ओम’ नै मान्ने बुद्धिष्ट र केही हिन्दुहरूले समेत गाई खान्छन् भन्ने जान्दा हामीलाई आश्चर्य लाग्न सक्छ तर यो तथ्य हो । मारेर नै नखालान् त्यो अलग विषय हो । अर्कोतर्फ गाईलाई देवताको अवतार नै मानेर गाई बिरामी हुँदा मानिसलाई भन्दा पनि बढि ध्यान दिएर उपचार गरेको पाइन्छ । गाईलाई ढोग्ने गरिएको छ । यो कार्यको उपादेयताको सम्बन्धमा विश्लेषण हुन अवश्यक छ भने लाग्छ ।
गाई बहुउपयोगी जनावर हो । यसको छाला कुनै समयमा मानिसको लागि जुत्ताको लगभग एक मात्र श्रोत थियो । गाईको मुत्र, दुध, घिउ जस्ता चिजहरू स्वास्थ्यको लागि राम्रा मात्र नभई औषधी नै हुन् । अहिले पनि कतिपय रोगमा रामवाण जस्तै छन् गाईका यी कुराहरू । गाईको मुत्रले एन्टीवायोटिक्सको समेत काम गर्ने विज्ञानसिद्ध कुरा हो । त्यति मात्र होइन, गौमुत्रमा त सुनको मात्रा पनि हुने हुँदा राम्रोसँग उपयोग गर्न जानेमा गाईको मुत्र, गोबर, गाईको सास, दुध, घिउ सबै कुरा अमुल्य छन् भनिन्छ ।
मानिसहरूमा उच र निच भन्ने तर गाईलाई मानिसभन्दा पनि माथि राखेर हेर्ने कार्य उचित होला ? यस सन्दर्भमा चर्चा र विश्लेषण भएन भने हामीहरू ‘पुरुषको करङबाट महिला बनेकोले पुरुषबाट जति नै पीडा पाए पनि महिला पुरुषसँग समर्पित हुन्छे’ भन्ने भ्रम दिने खालको धर्म मान्नेहरू भन्दा फरक हुँदैनौँ ।
गाई बहुउपयोगी जनावर हो । यसको छाला कुनै समयमा मानिसको लागि जुत्ताको लगभग एक मात्र श्रोत थियो । गाईको मुत्र, दुध, घिउ जस्ता चिजहरू स्वास्थ्यको लागि राम्रा मात्र नभई औषधी नै हुन् । अहिले पनि कतिपय रोगमा रामवाण जस्तै छन् गाईका यी कुराहरू । गाईको मुत्रले एन्टीवायोटिक्सको समेत काम गर्ने विज्ञानसिद्ध कुरा हो । त्यति मात्र होइन, गौमुत्रमा त सुनको मात्रा पनि हुने हुँदा राम्रोसँग उपयोग गर्न जानेमा गाईको मुत्र, गोबर, गाईको सास, दुध, घिउ सबै कुरा अमुल्य छन् भनिन्छ । गाई माता हैनन् तर माताजस्तै–जस्तै अवश्य हुन् । उनी यति उपयोगी छन् कि उनको गुणगान गरेर नै सकिँदैन । अझै भन्ने हो भने उनले पाउने बाच्छोले गर्दा नै जोत्ने र बोक्ने यन्त्र आउनुभन्दा पहिला हामी मानिसले सुखमय जीवन बिताउन सकेका थियौँ र गोरु मानव सभ्यताको अंग नै बनेको हो । अन्न उब्जाउन र वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा लग्न गाईको भूमिका यन्त्र आबिष्कार हुनुभन्दा पहिला सबैभन्दा महत्वपूर्ण रहेको हो ।
हामीहरूको सभ्यताले बढि राम्रो काम दिनेलाई भगवान नभए पनि भगवानको स्थानमा राख्ने गरेको थियो । त्यस कार्यले उनीहरूको सम्मान गर्ने र सुरक्षा गर्ने पाटोलाई बलियो बनाएको थियो । हामीले चौतारोको पिपल काट्न सकेनौँ र बाध्यताले काटेमा समेत क्षमा माग्थ्यौँ । हामीले पानीको मूलतिर फर्केर पिसाब गर्न सक्दैनथ्यौँ या कुनै पनि प्रकारको फोहोर गर्न सक्दैनथ्यौँ, सक्दैनौँ । किनभने पानीमा भगवान छन्, पानी अन्त्यमा नदी र सागर बन्ने हुँदा नदी आमा हो भन्ने हामीहरूका छाप रहेको हो । अर्थात्, हामीले पानी ‘प्रयोग’ गरेका हौँ तर बढि नै उपयोगी भएकोले पानीलाई समेत हामीले देवतातुल्य मानेको हो । बढि उपयोगी बस्तुप्रतिको सम्मान क्रमशः देवत्वकरण बन्न पुगेको हो । बढि उपयोगी वस्तुलाई सम्मान गर्नु, उसलाई नमन गर्नु, संरक्षण गर्नु राम्रो नै हो तर देवता नै भनेर पूजा गर्नुचाहिँ कति उपयुक्त होला, विचारणीय नै छ । यसले भ्रम नै छर्छ । देवता होइन कि देवतासरह भनेर सम्मान गर्नचाहिँ ठिकै होला ।
भगवान् माछा–कछुवा बनेर आउनुभयो, तर हामी माछा र कछुवालाई पनि खाइरहेछौँ । भगवान् बँदेल वा सुङ्गुर बनेर पनि आउनुभयो तर तिनलाई समेत खाइरहेका छौँ हामी । त्यसैले गाईका संम्बन्धमा कुनै समयमा भगवान् गाई भएर आएको पनि मानौँ तर सबै गाई भगवान होइनन् बरु साह्रै महत्वपूर्ण प्राणी भएकोले यसलाई सम्मान गरौँ भन्ने मात्र सोचौँ ।
गाईलाई नमार्ने वा गाईको मासु नखाने संस्कारको अर्को कारण पनि छ कि हामीहरूको धर्मको विकास गर्मी ठाउँमा भएकोले गाईको मासुले गर्मी ठाउँमा बढि रोगहरू निम्त्याउने हुँदा समेत गाईलाई मार्न निषेध गरिएको हुन पर्दछ । भारतमा हिन्दुहरू करिव ८० प्रतिसत र मुसलमानहरू करिव २० प्रतिसत छन्, तर कुष्टरोगीको सख्या हिन्दू र मुसलमानमा बराबरजस्तै छ भनिन्छ ।
अर्कोतर्फ गाई देवीको अवतार पनि भनिन्छ । भगवान् कुनै पनि समयमा कुनै रूपमा आउन सक्नुहुन्छ । त्यसैले गाईको रुपमा उहाँ आउनुभयो होला । तथापि सबै गाई देवी होइनन् । रामको रूपमा भगवान् मानिस जस्तो बनेर आउनुभयो तर सबै मानिस राम होइनन् । सबै मानिस भगवान हुन् त ? भगवान् माछा–कछुवा बनेर आउनुभयो, तर हामी माछा र कछुवालाई पनि खाइरहेछौँ । भगवान् बँदेल वा सुङ्गुर बनेर पनि आउनुभयो तर तिनलाई समेत खाइरहेका छौँ हामी । त्यसैले गाईका संम्बन्धमा कुनै समयमा भगवान् गाई भएर आएको पनि मानौँ तर सबै गाई भगवान होइनन् बरु साह्रै महत्वपूर्ण प्राणी भएकोले यसलाई सम्मान गरौँ भन्ने मात्र सोचौँ । भगवान् भनी पूजा गर्नतिर लाग्दा यसका विरोधि जमात बढ्न पुगे, त्यसैले महत्वका आधारमा यसलाई सम्मान गर्दा ज्यादा उपयुक्त होला ।
अहिले गाईका बाच्छाहरू सबैका लागि बोझ भएका छन् । ब्यवस्थित गर्न सम्भव पनि छैन । गोप्य रूपमा कुनै गाईखानेले लगिदिए हुन्थ्यो भन्ने पनि हुन्छ होला, तर दखावटी रूपमा भए पनि भगवान् र नन्दीलाई मान्नै पर्दछ । कतिपय धर्ममा लाग्नेहरू जस्तो ब्रेनवास भएर धर्मको नाममा आएका नराम्रा पक्षको पनि अन्ध समर्थक बन्ने धर्म मान्नेहरू जस्तो हामी मुलभूत रूपमा होइनौँ । हाम्रो धर्म महान् छ । केही अपरिवर्तनीय कुराहरू परिवर्तित हुँदैनन् । समय र आवश्यकताअनुसार राम्रोको लागि परिवर्तन हुने कुराहरू परिवर्तन गर्न सकिन्छ । गाई खाने र नखानेहरूको बीचमा विवाद गर्न आवश्यक छैन र गाई पनि भगवान नै हुन् भन्नेहरूले पनि गाईजस्तै माछा, कछुवा, सुङ्गुर समेतको रूपमा भगवान आउनुभएको थियो भन्ने सोचौँ । उपयोगिताको आधारमा सम्मान र उपयोग पनि गरौँ । ब्यवहारिकतामा देखिएका विषय, समस्या र गाईलाई भगवान नै मान्दा हामी मुर्ख त देखिएका छैनौँ भन्ने पनि सोचौँ र त्यो भन्दा पनि सत्यको पक्षमा लागौँ । हामीले गोमेध यज्ञका बारेमा पनि सुनेकै हौँ ।
सामान्यतः एउटा हिन्दु मांसाहारी बन्न चाहँदैन, तर साकाहारी सन्तुलित भोजन नहुँदा मांसाहारी बन्नु स्वाभाविक हो । मानिसको लागि शरीरको स्वास्थ्य महत्वपूर्ण हो । शरीर रहेमा नै धर्मकर्म हुन सक्दछ । अर्काे उचित विकल्प नभएपछि आवश्शयकताको प्रयोग हुन्छ र त्यो धर्मविरोधी काम पनि होइन, एक प्रकारको बाध्यता हो र भगवानले त्यो बाध्यता वा आवश्यकता बुझ्नुहुन्छ ।
हामीले पानी ‘प्रयोग’ गरेका हौँ तर बढि नै उपयोगी भएकोले पानीलाई समेत हामीले देवतातुल्य मानेको हो । बढि उपयोगी बस्तुप्रतिको सम्मान क्रमशः देवत्वकरण बन्न पुगेको हो । बढि उपयोगी वस्तुलाई सम्मान गर्नु, उसलाई नमन गर्नु, संरक्षण गर्नु राम्रो नै हो तर देवता नै भनेर पूजा गर्नुचाहिँ कति उपयुक्त होला, विचारणीय नै छ ।
हामीले गाई र बाच्छाहरू आफूलाई आवश्यक नभएमा भारत, पाकिस्तान, भुटान, बर्मा, बंगलादेश, चीनको तिब्वत आदिमा निर्यात गर्न सक्ने हो भने प्रशस्त आम्दानी गर्न सकिन्छ । यसलाई पूर्ण वैध बनाउँदा मूल्य पनि उचित पाइन्छ । हामीले गाई–गोरुको मासु प्रयोग नगर्ने परम्परा हो भनेर यही आधारमा यसको उचित ब्यापार र ब्यवस्थापन गर्नाले ठुलो आर्थिक हित हुन्छ । हामीले यो ब्यापारबाट अर्बौंको आम्दानी सजिलैसँग गर्न सक्दछौँ । आर्थिक अवस्था सवल हुन्छ । केहीको देशमा नै उचित ब्यवस्थापन गर्ने हो भने पनि छाला र हाडबाट प्रशस्त आम्दानी हुन्छ । हामीले शरीरको अवस्थाको आधारमा मरेपछि शरीरको अङ्ग दिन सक्दछौँ भने ती जनावरको प्रयोग हुन नसक्ने कुनै कारण छैन ।
हामी हिन्दुहरू भौतिकवादी पनि हौँ र भौतिकवादी मात्र होइनौँ । हामी भौतिकवादले जुन कुरा सत्य हो भनेर वैज्ञानिक रुपमा विवादरहित किसिमले स्थापित गरेको छ त्यसलाई आत्मसात गर्न सक्दछौँ । त्योभन्दा माथि आध्यात्म छ भनेर मान्छौँ । भौतिकवादले भनेको सत्यसापेक्ष छ भनेर पनि मान्छौँ त्यसैले भौतिकवादको परिणामलाई मान्दै यसलाई अझै पारखको कसिमा राख्न चाहन्छौँ । किनभने पहिला सूर्यले पृथ्वीलाई घुम्छ, त्यसपछि पृथ्वीले सूर्यलाई घुम्छ र सूर्य स्थिर छ भनियो तर अहिले सूर्य पनि पृथ्वीलाई लिएर घुम्छ भन्ने पढिँदै छ । पृथ्वीको लागि सम्म सूर्य स्थिर जस्तो रहेछ भन्ने अहिले मान्नुपर्ने भएको छ । त्यसैले धर्म र भौतिकतालाई सँगै लग्ने क्षमता हिन्दुहरूमा छ र यो अझै ब्यापक हुन आवश्यक छ । यो नै हामीहरूको महान् पक्ष हो । त्यसैले जनावर, नदी, रुख विरुवाको सम्मान उपयोगिताको आधारमा अझै बढि गरौँ । कहिले देवतासरह पनि मानौँ तर देवत्वकरण नगरौँ । विवेकशील बनेर अरुको नजरमा मुर्ख जस्तो पनि नबनौँ र लोकमा रहँदा लोकमा विवेकशील भएर आफ्नो भौतिक हितको कार्य पनि सोचौँ ।
(उपरोक्त धारणा लेखकका निजी हुन् ।– सं.)
प्रतिक्रिया