सैनामैनाका युवाहरु ‘राजा आउ’ भन्दै सडकमा

सैनामैनाका युवाहरु ‘राजा आउ’ भन्दै सडकमा


सुरेश परियार, रुपन्देही

सरकारका विभिन्न गतिविधिको विरोध गर्दै शनिबार रुपन्देहीको सैनामैनाका युवा जमात सडकमा उत्रिएका छन् ।

देशमा गणतन्त्र आए पनि जनतालाई दुःख दिने बाहेक सरकारले केही उपलब्धि हासिल गर्न नसकेको भन्दै युवाहरुले राजा आऊ, देश बचाउ जस्ता नारा लगाएका थिए । सोही प्रकृतिका नारा लेखिएका प्लेकार्डसहित सडकमा उत्रिएका उनीहरुले एमसीसी खारेजीको माग गरे ।

सैनामैना वडा नं. ६ बाट सुरु भएको उक्त विरोध कार्यक्रममा एमसीसी खारेज गर, सीमा विवाद समाधान गर, जातीय विभेद अन्त्य गर, भ्रष्टाचारी होसियार जस्ता नारा लगाउँदै बुद्धनगरसम्म पुगी पुनः कलौनीमा पुगेर कोण सभामा परिणत भएको थियो । सैनामैनाका कलौनी, मुर्गिया, सालझण्डीलगायतका २ सय बढि युवाहरुको सक्रियतामा सो विरोध कार्यक्रम भएको थियो ।