महन्थ र उपेन्द्र अध्यक्ष, बाबुराम, अशोक र राजेन्द्र वरिष्ठ नेता !

महन्थ र उपेन्द्र अध्यक्ष, बाबुराम, अशोक र राजेन्द्र वरिष्ठ नेता !


समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजपत्र बुझाएको छ । सो पार्टीले दल दर्ताका लागि आइतबार (२५ जेठ) आयोगलाई निवेदनसहित दलको आवश्यक कागजात बुझाएको हो ।

जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको जानकारी दिँदै सो पार्टीका एक नेता नेता केशव झाले पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको घोषणा गरिएको समेत बताए । पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् भने डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोलाई वरिष्ठ नेताको स्थान दिइएको छ ।

दल दर्ताका लागि जनता समाजवादीका नेताहरु ठाकुर, यादव, डा. भट्टराई, महतोलगायत शीर्षस्थ नेताहरु आइतबार साँझ निर्वाचन आयोग पुगेका थिए । पार्टीका अन्य पदाधिकारी र सदस्यको थप छलफल गरी टुङ्गो लगाइने बताइएको छ ।