अमेरिकाको आन्दोलन र आगामी चुनावको सम्भावित परिणाम

अमेरिकाको आन्दोलन र आगामी चुनावको सम्भावित परिणाम


■ दामोदर पौडेल

एक अश्वेत अमेरिकीलाई उनको गलत कार्यको अनुसन्धानका लागि पक्राउ गरिन्छ, जो अस्वाभाविक थिएन । तर, गोरो छाला नभएकै कारणले उसलाई विभेद गरेर मार्ने सम्मको कृत्य गरिन्छ, त्योचाहिँ अमानवीय, न्यायविपरीत अर्थात् गोराबाहेकका पनि मानिस हुन् र उनीहरूको पनि बाँच्ने अधिकार छ भन्ने मान्यताको विपरीत छ र यसको जति विरोध गरे पनि कम नै हुन्छ । अमेरिकामा धेरै पहिला दासप्रथाको अन्त्य भयो र पनि त्यो कुरुप मानसिकता अझै कायम छ । अन्यायीलाई सजाय हुनु पर्दछ र यो भावनाको अन्त्य हुनु पर्दछ । के त्यो हत्या भएको मानिस गोरो भएको भए त्यसो गरिने थियो ? यसैमा सबै विमतिका उत्तर प्राप्त हुन्छन् ।

यसै प्रसङ्गमा विरोध भएको छ । विरोध राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि भएको छ । ट्रम्प हाम्रा राष्ट्रपति हैनन् समेत भनिएको छ । आगामी चुनावमा ट्रम्पको पराजय हुने पनि कतिपय विश्लेषणहरूमा उल्लेख गरिएको छ । सत्य यो हो कि सबैको जस्तै ट्रम्पको नैतिक जिम्मेवारी छ तर उनको त्यसमा संलग्नता छैन र राजनीतिक कारणले मात्र उनलाई त्यसविवादमा तानिएको छ । के यो घटनाले उनले आगामी चुनावमा परायज नै ब्यहोर्लान् ?

अहिलेको घटनाको विरोध जायज छ तर ट्रम्पलाई यसमा जोड्नु नाजायज छ । त्यसैले चुनावमा पनि जनताले यसलाई त्यही आधारमा बुझ्ने छन् ।

इरानमा अमेरिकी राजदुतावासमा भएको घटना, ट्वीन टावरको घटनासमेत धेरै घटनाहरूबाट अमेरिका पीडित छ र शान्तिप्रिय अमेरिकी जनता त्रसित छन् । उनीहरू अरु कारणभन्दा सरकारको गलत नीतिको कारणले उनीहरूको संरक्षण नभएकोमा दुःखी छन् र उनीहरूको पक्षमा बोल्ने र काम गर्ने नेता चाहेका छन् । उनीहरू आतङ्कलाई मानवता र लोकतन्त्रको नाममा सहने पक्षमा छैनन् र तिनै नाममा आतङ्क बलियो नहोस् भन्ने पनि चाहन्छन् । एउटा आतङ्ककारीले हजार मानिस मार्दछ र उसलाई सजाय गर्दा मात्र जन्मकैद हुन्छ । तर उसका ‘साइलेन्ट सपोर्टर’हरू दिनहुँ बढिरहेका हुन्छन् । उनीहरू केही डरले र धेरैचाहिँ जात र धर्मको नाममा ‘मौन समर्थन’मा हुन्छन्, त्यस्तो प्रवृत्ति बढिरहन्छ र यसको पीडा शान्त समाजले भोग्दछ ।

अमेरिकीहरूको तिनै पीडाको कारण पनि अनुमान नै नगरिएका ट्रम्पले पहिलो चुनाव जिते भनिन्छ । उनको विरोधमा लोकतन्त्रको वकालत गर्नेहरूले निर्वाचनको लगत्तै जुलुस निकाले । यो सायद अमेरिकाको लोकतन्त्र र जनताको अभिमतप्रतिको कठोर आघात हो । लोकतन्त्र र अझै बढि लोकतन्त्रवादीको आवरणमा अलोकतान्त्रिक पक्षहरूको खुसीको लागि जनमतको विरोध गर्नु भनेको नदीमा पानी लिन जानु र पानी ल्याउन लाग्दा नदीको गहिराइको अनुमान नभएर आफु पनि पानीमा फस्नु अनि अरुलाई पानी दिन नसक्नु मात्र हैन गलतहरूले तपाईंको साधन पनि क्रमशः कब्जा गर्नु पनि हुन सक्ने वातारण बन्न सक्नु हो ।

एउटा आतङ्ककारीले हजार मानिस मार्दछ र उसलाई सजाय गर्दा मात्र जन्मकैद हुन्छ । तर उसका ‘साइलेन्ट सपोर्टर’हरू दिनहुँ बढिरहेका हुन्छन् । उनीहरू केही डरले र धेरैचाहिँ जात र धर्मको नाममा ‘मौन समर्थन’मा हुन्छन्, त्यस्तो प्रवृत्ति बढिरहन्छ र यसको पीडा शान्त समाजले भोग्दछ ।

काला जातिहरू अपराधमा ज्यादा संलग्न भएका पाइएकोले उनीहरूप्रति बढि आशङ्का हुने गरेको भन्ने तथ्यगत भनाईप्रति पनि आन्दोलन नकारात्मक रहेको देखिन्छ । जात, धर्म र वर्णको आधारमा कसैलाई अन्यथा गरिनु हुँदैन । तर के जात र धर्मको आधारमा नै कुनै घटना बढि वा कम हुने गरेका तथ्य सार्वजनिक गर्न हुँदैन ? ‘क’ नामको धर्म र जात भएको मानिसको अपराधमा ६० प्रतिसत संलग्नता, ‘ख’ हुनेको ३० प्रतिसत संलग्नता, ‘ग’ को १० प्रतिसत संलग्नता र ‘घ’को संलग्नता नै देखिएन भनेर अनुसन्धानले तथ्यको आधारमा प्रमाणित गरेमा त्यसले अपराधका बारेमा जानकारी दिन्छ । यो नकारात्मक हो र ? कुनै जात, वर्ण र धर्ममा लागेकाहरूको बढि गल्ती देखिएमा बरु त्यो धर्मका समेतकाहरूले त्यस्तो नहुन सजग हुनुपर्ने हो र लुकाउनको लागि सत्यप्रति कटाक्ष गर्न नहुने हो ।

कुनै जात वा धर्ममा आतंकको बोलावाला बढि छ भने त्यसको निराकरण आवश्यक छ र हतोत्साहित गर्न पर्दछ । हतोत्साहित नगरिएमा आतङ्कको विरोध रुखको हाँगा काटेर जरामा मल दिनु जस्तो मात्र हुन जान्छ । यसमा निर्ममतापुर्वक ट्रम्पहरू सजग देखिन्छन्, जस्तो छ यसलाई प्रशंसायोग्य मान्नेहरू पनि प्रशस्त छन् । कसैले पनि आफू र आफ्नो समुदायमा भएको गलत प्रवृत्ति त्याग गर्न लगाएर मात्र अरुको गलत कार्यको विरोध गर्नु मनासिव हुन्छ । ट्रम्पको विरोधमा मेरो धर्म र मेरो विचार मात्र ठिक अरु बेठिक भनेर अशान्ति नै गर्नेहरू पनि आफ्नो गलत विचारको निकास खोजिरहेका रहेछन् भने त्यसमा डेमोक्रेटहरूले चुनावको कारण उनीहरूको साथ दिनु भनेको आत्मघाती हुन सक्दछ । ट्रम्पले त्यसको विरोध गरेमा उनी अझै जनप्रिय बन्ने छन्, किनभने यो धेरै अमेरिकीहरूको चाहना हुन सक्दछ ।

अमेरिकामा चलेको बहस र आन्दोलनले आगामी राष्ट्रपति चुनावमा ट्रम्पलाई धक्का दिने अनुमान पनि गरिएको छ । उनको हार र जितमा यो आन्दोलनको भूमिका केही हदसम्म रहन्छ । अमेरिकाको मुलधार रङ्गभेदी ब्ययवहारको पक्षमा छैन र त्यस्ता कार्य कठोर दण्डको दायरामा आउनु पर्दछ भन्ने मान्यता राख्दछ ।

यसो भनिरहँदा विशेषत अश्वेतहरूप्रति राज्यले नै गरेको विभेदको कारण अपराधमा लाग्नेको सङ्ख्या बढि भएकोमा त्यसको निराकरण हुनै पर्दछ र उनीहरूको शिक्षा र आर्थिक अवस्थामा ध्यान दिनु पर्दछ । आप्रवासी भन्दा पनि पुराना काला अमेरिकीहरू अझ बढि हेपिनु दुःखद हो । जर्ज बुकर्टी वासिङ्गटन र बाराक हुसेन ओबामाले अमेरिकीहरूले आफ्ना सन्तानहरू जात र रङ्गको आधारमा हैन विचार र कामको आधारमा मुल्याङ्कन गरिनु पर्दछ भन्ने समान आशय राखेका छन् । उनीहरू विश्वका नै सम्मानित ब्यक्तित्व हुन् र उनीहरूले आतङ्क र अतिवाद जस्ता विचार र कामको समर्थन गरेका छैनन् । एक अश्वेत नागरिकको भएको कारणले अमानवीय ब्यवहार भयो तर यसको कारणले अमेरिकमा अतिवादीहरू हाबी हुने प्वाल खोलिनु हुँदैन ।

अमेरिकामा चलेको बहस र आन्दोलनले आगामी राष्ट्रपति चुनावमा ट्रम्पलाई धक्का दिने अनुमान पनि गरिएको छ । उनको हार र जितमा यो आन्दोलनको भूमिका केही हदसम्म रहन्छ । अमेरिकाको मुलधार रङ्गभेदी ब्ययवहारको पक्षमा छैन र त्यस्ता कार्य कठोर दण्डको दायरामा आउनु पर्दछ भन्ने मान्यता राख्दछ । पीडितले न्याय र दोषीले सजाय पाउनै पर्दछ । तर त्यो अपराधलाई दिइएको राजनीतिक रङ्गको औचित्य भने कति स्थापित हुन्छ हेर्नुपर्ने हुन्छ । धेरै शान्तिप्रिय अमेरिककी नागरिकहरूले अमेरिकामा भएका र हुने जात, रङ्ग र पुर्वजको आधारमा हुने विभेदको अन्त्य चाहन्छन् । त्यसै विकृतिको निहुँमा भित्रिन प्रयास भएको वा बढ्न चाहेको अशान्तिपूर्ण राजनीति र धर्मको आधारमा घृणा र आतङ्क गर्ने मानसिकतालाई पनि उनीहरू कतै रुचाउँदैनन् । यो तथ्य विगतको चुनावले पनि देखायो । सम्भवतः ट्रम्पप्रति भएको आक्रमणको मुख्य लक्ष्य भनेको अमेरिकाका समुन्नत र वैचारिक शान्तिको आधारमा रहन चाहने नागरिकहरूलाई डर देखाउने र लोकतन्त्रको गलत प्रयोग गरेर उनलाई हराउने भन्ने आशय पनि देखिन सक्दछ ।

अमेरिकामा शान्तिप्रिय गैरराजनीतिक मत ट्रम्पको पक्षमा बढिरहेको छ भन्ने यसभन्दा पहिलाको चुनावको आधारमा हेर्दा समेत देखिएको छ । यो आन्दोलनले राजनीतिक फाइदाको लागि गरिव देशहरूमा जस्तो घटनालाई बङ्ग्याउने काम भएको महसुस भइरहेको छ । तर फाइदा ट्रम्पलाई नै हुने सम्भावना बढि छ ।

सायद ट्रम्प यसमा दुःखी छैनन् । उनको विरोधमा आप्रवासी, अतिवादी राजनीति र धर्मका पक्षधरहरू लाग्नु भनेको अमेरिकी परम्परागत ‘साइलेन्ट भोटर्स’हरू उनको पक्षमा बढ्नु हो र गोलबन्द हुनु हो । शान्तिपृय नयाँ नागरिकहरू पनि स्वभावैले उनको पक्षमा रहने छन् । भारतमा भाजपा नेताहरूले मुसलमानले हामीलाई मत दिँदैनन् समेत भने । काङ्ग्रेस र अन्य साना दलले मुसलमान पक्षको वकालत गरेको जस्तो देखियो । यसले बहुसंख्यक हिन्दुहरूको ‘मत बैंक’ बढाउन भाजपालाई सहयोग भयो । जबकि शान्तिकामी र पीडित मुसलमानहरू भाजपाको पक्षमा खुलेरै लागे । त्यसै कारणले समेत भाजपा सन् २०१९ को संसदिय चुनावमा राम्रो बहुमतले विजयी भयो । भारतमा भाजपाको यो ‘रणनीति’ जस्तो देखिएको थियो, तर अमेरिकामा ट्रम्पको रणनीति बेगर नै अरुले उनको मत बढाइदिँदैछन् ।

भारतको कारण संयुक्त राज्य अमेरिकामा पनि लागु हुन सक्दछ । भाजपाको जस्तै अमेरिकामा शान्तिप्रिय गैरराजनीतिक मत ट्रम्पको पक्षमा बढिरहेको छ भन्ने यसभन्दा पहिलाको चुनावको आधारमा हेर्दा समेत देखिएको छ । यो आन्दोलनले राजनीतिक फाइदाको लागि गरिव देशहरूमा जस्तो घटनालाई बङ्ग्याउने काम भएको महसुस भइरहेको छ । तर फाइदा ट्रम्पलाई नै हुने सम्भावना बढि छ ।

त्यसैले ट्रम्पलाई चुनावमा हराउन डेमोक्रेटहरूले नागरिकको शान्तिको चाहना र आतङ्कको वास्तविक रोकथाम र अन्त्यको लागि खाका दिन सक्नु पर्दछ । जसरी पनि मत लिने भावनाबाट बाहिर निस्कन सक्नु पर्दछ । मतको आवश्यकता र मतदाताको चाहना तर्कसंगत आधारमा पूरा गर्न सक्नु पर्दछ ।

अन्त्यमा, एक देशमा नाजीहरूको विरोधी र यहुदीको समर्थक दलले पछि यहुदीविरोधी मानिने नाजी–समर्थकहरूलाई पार्टीको सदस्य बनायो । यस सम्बन्धमा विमति राख्नेहरूलाई त्यस दलका नेताहरूले भनेछन् कि अब ती मरेका यहुदीहरूले मत दिँदैनन् । यो सत्य वा किम्बदन्तीको विषयलाई ध्यान दिँदै मत लिन प्रयास गर्दा त्यो मत आफुहरूको लागि घातक नहोस् र वनको चरा समात्न खोज्दा हातको चरा नभागोस् । र, विरोधीहरूका यी प्रवृत्तिले ट्रम्प साइलेन्ट रूपमा (नजानिँदो किसिमले) जनप्रिय बन्दै गएका र आगामी चुनाव पनि उनैले जित्ने सम्भावना स्वतः बढेको समेत महसुस भएको छ । आम अशान्तिको विकल्पमा यो जनताको स्वभाविक छनौट पनि हुन सक्दछ ।