धादिङमा थप २३ जनामा कोरोना

धादिङमा थप २३ जनामा कोरोना


विकास रौनियार, धादिङ

धादिङको नीलकण्ठ नगरपालिकाका २३ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंका डाइरेक्टर डा. सागरराज भण्डारीका अनुसार संक्रमित मध्ये ५ जना महिला र १८ जना पुरुष गरी २३ जनामा शनिबार (३१ जेठ) संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै भारतबाट फर्केर नीलकण्ठ नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएका क्वारेन्टिनमा बसेकाहरु हुन् ।

संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नं १ का २४, २६, ३५ वर्षीया महिला र २६, ३२, २९ वर्षीय पुरुष गरी ६ जना, वडा नं ४ का २३ वर्षीय पुरुष, वडा नं ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुष गरी ९ जना र वडा नं १४ का ३२, ३५ वर्षीया महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुष गरी ७ जना रहेका नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए ।

क्वारेन्टिनमा रहेकाहरुको आरडिटि टेष्टमा पोजेटिभ आएकाहरुको गत जेठ २९ गते स्बाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो ।

योसँगै धादिङमा संक्रमितको संख्या ८८ पुगेको छ । संक्रमित देखिएकामध्ये तीन जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् ।