कटुवा पेस्तोलसहित अन्सारी पक्राउ

कटुवा पेस्तोलसहित अन्सारी पक्राउ


आरके श्रीवास्तव, रौतहट

रौतहटमा कटुवा पेस्तौल र २ थान गोलीसहित उक जनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नम्बर ८ जयराजपुर बस्ने हुसेनी अंसारीको छोरा वर्ष ४० को कर्मुल्लाह अंसारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जानएको छ ।

पक्राउ परेका अंसारीको साथबाट कटुवा पेस्तौल एक थान, त्यसमा लाग्ने ७.६२ एमएमको लाइफ गोली २ थान बरामद भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको इप्रका गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताए ।

शनिबार दिउँसो करिव ३ बजेर ३० मिनेटको समयमा विशेष सुचनाको आधारमा इप्रका गरुडा रौतहटबाट गएको प्रहरीको टोलीले गुजरा नपा वडा नम्बर ८ जयराजपुरतर्फबाट बृन्दावन नपा ६ हर्षाहातर्फ पैदल आउँदै गरेको अवस्थामा अन्सारीलाई पक्राउ गरिएको हो । बागमती सिञ्चाइ नहरमा चेक प्वाइन्ट राखी चेक जाँच गर्ने क्रममा प्रहरी टोलीलाई देखेर अन्सारी भाग्न खोज्दा नियन्त्रणमा लिइएको डिएसपी महतोले बताए ।