विशेष प्रतिनिधि, टोकियो
जापान आइची केनस्थित नागोयाको योक्काइचीमा गाडीको ठक्करबाट आज बिहान (१४ जुन) एक नेपाली महिलाको निधन भएको छ ।
एनआरएनए जापानका उपाध्यक्ष दीपक कार्की र सचिव विष्णुप्रसाद घिमिरेबाट प्राप्त जानकारीअनुसार पोखराकी २२ वर्षीया सुजाता बास्तोलालाई योक्काइची भन्ने ठाउँमा गाडीले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।
घटनाबारे बुझ्न तथा आवश्यक पहलको लागि हाल एनआरएनए जापानका सचिव विष्णु घिमिरे अस्पतालमै रहेका छन् । गाडीका ठक्करबाट घाइते बास्तोलालाई उपचारका लागि योक्काइचि सिरिचु हस्पिटलमा लगिएको थियो । मृतक ६ महिनाअगाडि डिपेण्डेन्ट भिषामा जापान पुगेको पारिवारिक स्रोतबाट जानकारी मिलेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया