जिप दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

जिप दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु


पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । जिप दुर्घटनामा परेर अध्यक्ष शर्माको मृत्यु भएको हो ।

गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा शर्मा सवार लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कारर्पियो जिप बर्दघाटमा दुर्घटनामा परेको थियो । जिप बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो ।

दुर्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको उपचारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिमनवलपरासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।

शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् । उनी खतरामुक्त रहेको बताइएको छ ।

अध्यक्ष शर्मा जिल्ला विपद ब्यवस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जाँदै थिए ।