व्यवसायीद्वारा सुरक्षित तरिकाले होटल सञ्चालनको अनुमति माग

व्यवसायीद्वारा सुरक्षित तरिकाले होटल सञ्चालनको अनुमति माग


विशेष प्रतिनिधि, कपिलवस्तु

कोरोना भाइरसका कारण ८० दिन बढीको लामो लकडाउनले थला परेको होटल तथा रेस्टुरेन्ट ब्यवसायलाई सामाजिक दूरी कायम गरी सुरक्षित तरिकाले सञ्चालनको अनुमति दिनुपर्ने माग गरिएको छ ।

होटल तथा रेस्टुेरेन्ट ब्यवासायी संघ कपिलवस्तुले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै खाना खुवाउन सकिने तथा अन्य सेवा दिन नसकिने बनाइएको नियमले होटल तथा रेस्टुरेन्ट ब्यवसायी मारमा परेको जनाएका छन् । अहिलको नियमले राजमार्गदेखि भित्र पर्ने होटल र रेस्टुरेन्ट ब्यवसायी झन् समस्यमा परकोले यो नियममा पुनर्विचार गरिनुपर्ने माग गरिएको हो ।

संघका जिल्ला अध्यक्ष गोपाल बहादुर खत्री तथा सचिव शिवराज सापकोटाले प्रजिअ दीर्घनारायण पौडेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । जिल्लाका अधिकांश होटल तथा रेस्टुरेन्टहरु भाडामा चलेकोले लकडाउन अवधिको घरभाडा मिनाहा वा अन्य कुनै ब्यवस्था गर्न सरकाले ठोस कदम चाल्नुपर्ने व्यवसायीको माग छ ।

ब्यवसायीहरुले कर्जा लिएर ब्यवसाय संचालन गरेको र लकडाउनका कारण ब्यवसाय ठप्प भएकाले सो अवधिको मासिक किस्ता ब्याज र कर्जाका विषमया पनि उचित ब्यवस्था मिलाउनु पर्ने संघका जिल्ला अध्यक्ष खत्रीले बताए । लकडाउन अवधिको कर, विद्युतको बिल समेत मिनाहा गर्नुपर्ने, लकडाउन खुलेको ६ महिनासम्म किस्ताबन्दीमा कर तिर्ने ब्यवस्था मिलाउनु पर्ने माग उनले गरे ।

नेपालभित्र रहेको सबै होटल तथा रेस्टुरेन्ट ब्यवसायीहरु अहिले मारमा परकोले आफुहरुको संरक्षण सरकारले गर्नुपर्ने संघका अध्यक्ष खत्रीले बताए । संघका सचिव सापकोटाले असार १ गते देखि देशभर लकडाउन खुकुलो भए पनि होटल र रेस्टुरेन्ट ब्यवसायलाई भने अंकुश लगाउँदा आफुहरु मारमा परेको गुनासो गरे ।

प्रजिअ पाण्डेले होटल तथा ब्यवसायीहरुको सममस्याबारे संघीय सरकारलाई अवगत गराउने आश्वासन दिएका बताइएको छ ।