सेनालाई कारागार कार्यालयको सुरक्षा जिम्मा

सेनालाई कारागार कार्यालयको सुरक्षा जिम्मा


■ नारद कोहार, कपिलवस्तु

कपिलवस्तु कारागार कार्यालयको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । कोरोना भाइरसको संक्रमणबीच लकडाउन व्यवस्थापनमा खटिँदा प्रहरी जनशक्ति कम भएपछि कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको हो ।

यसअघिसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षार्थ खटिँदै आएकोमा सोमबारदेखि नेपाली सेना सुरक्षार्थ खटिएको छ । नाकामा हुने भीड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरीकेन्द्रित भएकोले कारागार सुरक्षाको लागि सेनालाई खटाइएको हो ।

कोरोना महामरीको विशेष परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न आयोजना परियोजना र कारागारमा खटिएको सशस्त्र प्रहरीको टीमलाई सीमा सुरक्षामा परिचालन गर्ने सुरक्षार्थ स्थानमा नेपाल सेनालाई खटाउने निर्णय नेपाल सरकारले गरेको कारागार कार्यालय कपिलवस्तुका जेलर राकेश पाण्डेले बताए । सो परिणमस्वारुप सोमबारदेखि कारागार कार्यालय कपिलवस्तुमा नेपाली सेना खटिएको छ र नारायण गण दल कारागार सुरक्षा गुल्मले बहिरी सुरक्षाको जिम्मा लिइएको जेलर पाण्डेले घटना र विचारलाई बताए ।

कारागार कार्यालय कपिलवस्तुमा २ सय क्षमता रहेकोमा ४ सय २८ जना थुनुवा, कैदीबन्दीहरु रहेका छन् ।

यसअघि सशस्त्र प्रहरीका गोपाल श्रेष्ठको नेतृत्वमा ४० जना सशस्त्र प्रहरी रहे तापनि सोमबारदेखि श्री नारायण दल गणका सेनानी ईश्वरीप्रसाद पाण्डेको नेतृत्वमा ४० जनालाई कारागार सुरक्षाको जिम्मा दिइएको छ ।