तरहारी नदिमा बेपता बालक फुलबरिया घाटबाट बरामद

तरहारी नदिमा बेपता बालक फुलबरिया घाटबाट बरामद


आरके श्रीवास्तव, रौतहट

रौतहटको कटहरिया नगरपालिका ९ डुमरिया गाउँछेउमा रहेको तरहारी झाँझ नदिमा बेपत्ता भएका बालकको शव बरामद भएको छ । तीनजनाको समुहमा नुहाउन गएकामध्ये एक बालकलाई पानीले बगाउँदा बेपत्ता भएका थिए । नुहाउने क्रममा स्थानीय मुकेश पासवानका १० वर्षीय छोरा सुरज पासवान नदिमा बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताएअनुसार सँगै नुहाउन गएका तीनजना बालक मंगलबार दिउँसो झाँझ नदिमा बेपत्ता भएका थिए । लगत्तै स्थानीय र प्रहरीको टोलिले २ जलालाई सकुशल उद्धार गरेको र बेपत्ता भएका सुरज पासवानको शव पनि बरामद गरिएको डिएसपी महतोले जानकारी दिए ।

डुमरियास्थित फुलवरिया घाटबाट शव बरामद गरिएको र पोष्टमार्टम का लागि अस्पताल पठाइएको इप्रका कटहरियाका सइ सुरेन्द्र सिंहले बताए ।

पछिल्ला केही दिनदेखि वर्षासँगै नदि तथा खोलामा बाढी आउन सुरु भएको छ । विभिन्न स्थानीय तहद्वारा विकास निर्माण कार्यका क्रममा ठाउँ ठाउँमा खाल्डाखुल्डी भएकाले आआफ्ना बालबालिकालाई निगरानी गर्न र कुनै अप्रिय हुन नदिन जिल्ला प्रहरी कार्यालय रौतहटले एक सूचना जारी गर्दै जिल्लावासीलाई आग्रह गरेको छ ।

रेडियोकर्मीमाथि लुटेराको आक्रमण, दुई अभियुक्त प्रहरी–नियन्त्रणमा

रौतहटमा सञ्चारकर्मीमाथि लुटेरा समुहले आक्रमण गरेको छ। जिल्लाको गरुडा नगरपालिका वडा नं. ९ र वृन्दावन नगरपालिकाको वडा नं. ६ को बीचमा पर्ने नहरको बाटोमा सोमबार राति करिव १० बजेको समयमा लुटेराहरुले बाइकमा सवार रेडियो संगम १०५.५ मेगाहर्ज धरहरीका समाचारवाचक एवम् सम्वाददाता दीपेन्द्र रजकलाई घेरा हाली कुटपिट गरी घायल बनाएका छन् ।

हातहथियार सहित ६–७ जनाको समुहमा बसेका लुटेराहरुले सञ्चारकर्मी रजकलाई छातीमा पेस्तोल सटाएर ज्यान मार्ने धम्की दिँदै नहरको पुलमुनि लगेर लुटपाट गरे थिए । रजकसँग रहेका दुई वटा मोबाइल, एक तोला सुनको चेन र नगद २० हजार लुटेराले लुटेको बताइएको छ ।

सो क्रममा लुटेरा अर्को एक मोटरसाइकलमा सवार दुई जनामाथि पनि आक्रमण गरेका थिए । मोटरसाइकलमा सवारमध्यका एकमाथि आक्रमण गर्दै गर्दा अर्का व्यक्तिले भागेर घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारीपश्चात गरुडा हरसाहा र बिर्ताबाट खटिएको संयुक्त प्रहरीका गस्ती टोलीले स्थानीयवासीहरुको सहयोगमा घटनास्थलबाट दुई वटा मोटरसाइकल र दुई जना लुटेरालाई पक्राउ गर्न सफल भएका थिए भने समूहका अन्य व्यक्ति फरार भएका थिए । पक्राउ परेकाहरु अन्दाजी ३५ र २३ वर्षका दुई पुरुष रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यलय गरुडमा राखिएको र फरार अन्यको खोजी कार्य भइरहेको गरुडा प्रहरीले जनाएको छ ।