तीन साझेदारी वनद्वारा पाँच पालिकालाई भिटिएम किट सहयोग

तीन साझेदारी वनद्वारा पाँच पालिकालाई भिटिएम किट सहयोग


नारद कोहार, कपिलवस्तु

जिल्लाका पाँच पालिकालाई तीन साझेदारी वनहरुले १५ लाख बरारबारको भिटिएम किट हस्तान्तरण गरेका छन् । गौतमबुद्ध डिभिजन वन कार्यालय क्षेत्रअन्तर्गत पर्ने किट आभाव भएका शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, बुद्धभुमि नगरपालिका र विजयनगर गाउँपालिकालाई किट हस्तन्त्रण गरिएको कपिलस्तु साझेदारी वन व्यवस्थापन समितिकका अध्यक्ष गंगेशनाथ तिवारीले बताए ।

जिल्लाको कपिलवस्तु साझेदारी, शिवराज साझेदारी र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले रु १५ लाखको ३८ सय ५० भिटिएम किट खारिद गरी वितरण गरेको अध्यक्ष तिवारीको भनाई छ ।

साझेदारी बन व्यवथापन समितिको सामाजिक विकास शीर्षकको रकमबाट किट खरिद गरिएको बताइएको छ ।

जिल्लामा भिटिएम किट आभाव हुँदा क्वारेन्टाइनमा चाप बढेकोले साझेदाी बनले किट खरिद गरी नगरपालिकालाई दिनु धेरै राम्रो कार्य भएको शिवराज नगरपालिका नग प्रमुख नेत्रराज अधिकारीले बताए । यस आपतको समयमा वनले किट दिएकोले धेरै नै राहत भएको उनको प्रतिक्रिया थियो ।

गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वनअधिकृत दुर्गाबहादुर कार्कीको अध्यक्षतामा गत जेठमा बसेको बैठकले किट खरिद गर्ने निर्णय गरेको थियो ।

शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, विजयनगर गाउँपालिकालाई ८ सय ५० का दरले किट वितरण गरिएको छ । त्यस्तै बुद्धभुमि नगरपालिकालाई ४ सय २५ वटा किट हस्तान्तरण गरिएको छ ।

किट वितरण कार्यमा शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जगदम्बाप्रसाद चौधरी, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जानकीप्रसाद यादव, कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका अध्यक्ष गंगेशनाथ तिवारी रहेका थिए ।

त्यस्तै, शिवराज साझेदारी वन व्यवस्थापन समितिका सहायक वनअधिकृत प्रेमशंकर गुप्ता, कार्यसमिति सदस्य तौलेश्वर चौधरी, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका सहयाक वनअधिकृत सन्जय गुप्ता, कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका फरेष्टर गणेश पुरीको समेत किट वितरण कार्यमा सहभागिता रहेको थियो ।