आरडीटी पोजेटिभ आएपछि क्वारेन्टिनमा आत्महत्या

आरडीटी पोजेटिभ आएपछि क्वारेन्टिनमा आत्महत्या


मुक्तिनाथ भुसाल, अर्घाखाँची

अर्घाखाँचीको शीतगंगा नगरपालिका–५ गल्दास्थित हरि माविको क्वारेन्टिनमा रहेका स्थानीय चित्रेवारीका देवबहादु बिक मृत अवस्थामा भेटिएका छन् । एउटै कोठामा बसेका तीन साथीलाई सुत्न लगाई उनीहरु निदाएपछि विकले स्कुलपछाडिको रूखमा झुन्डिएर बुधबार बिहान आत्महत्या गरेको वडाध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो ।

जेठ १० गते भारतबाट आई सो क्वरेन्टिनमा बस्दै आएका बिकसहित तीनै जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको थियो । आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाबको नमूना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको भए पनि पिसिआर रिपोर्ट नआएको र पिसिआर रिपोर्ट प्राप्त भएपछि मात्रै शवको व्यवस्थापन हुने इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।