कैलालीमा कोरोना सङ्क्रमणबाट मृत्यु

कैलालीमा कोरोना सङ्क्रमणबाट मृत्यु


कैलालीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका–४ का ४६ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि नवजीवन अस्पतालको आइसोलेशनमा उपचार हुँदा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनको आइसियुमा राखेर उपचार भइरहेकामा बुधबार साँझ मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

उनको गए रातिदेखि नै स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौं लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि एयर नपाइएको जनाइएको छ ।