विकास रौनियार, धादिङ
नुवाकोटको विदुर नगरपालिका वडा नं.६ का १४ वर्षीय रमन नेपालीलाई इलाका प्रहरी कार्यालय गजुरी धादिङले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको बूढानिलकण्ठस्थित गणेश इन्टरप्राइजेज नामक पसलसँगै रहेको घरबाट ५ लाख ३० हजार नगर चोरी गरेर ल्याउने क्रममा धादिङको पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका वडा. ७ स्थित गल्छी चोकबाट अभियुक्त किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चोरी गरेको उक्त रकममध्ये २ लाख १० हजार रुपैयाँमा यमाहा मोटरसाइकलको शोरुम महाराजगञ्जबाट स्कुटर खरिद गरेको र बाँकी ३ लाख १० हजार साथमा बरामद गरिएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
प्रतिक्रिया