राष्ट्रियसभाका पूर्व सदस्य दीपक गुरुङको निधन

राष्ट्रियसभाका पूर्व सदस्य दीपक गुरुङको निधन


राष्ट्रियसभाका पूर्वसदस्य एवम् नेपाली काङ्ग्रेसका नेता मेजर दीपक गुरुङको ८४ वर्षको उमेरमा आज निधन भएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका–२ ताङतिङ स्थायी बसोबास भएका गुरुङको काठमाडाँैस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दिवंगत का भतिजा एवं मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (स्याम) का अनुसार दिवंगत गुरुङ मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्याका कारण उपचारत हुनुहुन्थ्यो ।

भूतपूर्व सैनिक सङ्घका संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँका श्रीमती, दुई छोरा र चार छोरी छन् । स्वर्गीय गुरुङको पार्थिक शरीरलाई शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।