गाई काटेको अभियोगमा हानुप पक्राउ

गाई काटेको अभियोगमा हानुप पक्राउ


चितवनमा गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । जिप्रका चितवनका डिएस्पी सूर्यबहादुर थापाले जनाएअनुसार घटनामा संलग्न पाँचमध्ये अन्य चार फरार रहेका छन् ।

सो ठाउँबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेरेनरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र फरार रहेकाको खोजी जारी रहेको जानकारी दिँदै प्रहरीले पक्राउ परेका व्यक्तिलाई पशुपक्षी कसुरसम्बन्धी मुद्दा चलाई कारवाही गरिने बताएको छ ।