सिड्नीमा बाबाले जित्यो ‘एजेन्ट अफ द एअर अवार्ड’

सिड्नीमा बाबाले जित्यो ‘एजेन्ट अफ द एअर अवार्ड’


■ राजन घिमिरे

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय एजुकेशन कन्सल्टेन्सी हो- बाबा एजुकेशन कन्सल्टेन्सी । विशेस गरेर अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको मन जित्दै आइरहेको छ बाबाले ।

नेपालको विभिन्न शहरदेखि अष्ट्रेलियाको सिड्नीसम्म आफ्नो सन्जाल बिस्तार गरेको बाबाका सिड्नी निर्देशक रविन्द्रकुमार शर्मा आफ्नो संस्था विद्यार्थीहरुको सेवा-सुविधाका लागि दत्तचित्त भएर लागिपर्दै आइरहेको बताउँछन् ।

विगत १२ वर्षदेखि एजुकेशन कन्सल्टेन्सी क्षेत्रमा सक्रिय बाबाले सिड्नी र नेपालमा हुने विभिन्न मनोरन्जनात्मक र सामाजिक क्षेत्रमा आफ्नो दह्रो उपस्थिति दर्शाउँदै आइरहेको छ । विद्यार्थी र सिड्नीमा रहेका कलेजहरूबाट विश्वास जितिरहेको बाबाले सन् २०२० को आर्थिक वर्षका लागि सिड्नीमा रहेको जर्ज ब्राउण्ड कलेजबाट एजेन्ट अफ द एअर २०२० को अवार्ड जितेको छ ।

‘यो सब हाम्रा प्यारा विद्यार्थीहरूबाट हामीलाई प्राप्त माया, साथ र विश्वासको प्रतिफल हो’- शर्माले भने । उनी आगामी दिनमा पनि विद्यार्थी र कलेजहरूबाट साथ र विश्वास जित्ने कार्य गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्छन् ।