स्रोत नखुलेको रकमसहित संरक्षण अधिकृत पक्राउ

स्रोत नखुलेको रकमसहित संरक्षण अधिकृत पक्राउ


स्रोत नखुलेको आठ लाख ९८ हजार रकमसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा२झ १८७३ नंको गाडीमा यात्रा गरिरहेका भन्ने सूचनाका आधारमा उनीहरुलाई सोमबार (१९ साउन) पक्राउ गरिएको हो ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देहीबाट पक्राउ गरिएको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।