इरानमा सरकारविरोधी दुई प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

इरानमा सरकारविरोधी दुई प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय


इरानको न्यायपालिकाले मङ्गलबार गत जनवरीमा चरम सीमामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा नियन्त्रणमा लिएका दुई जनालाई फाँसी दिने घोषणा गरेको छ ।

अबोल्फजल सिपाही र अमिर–हुसेन सफारीलाइ मङ्गलबार बिहानै मृत्युदण्ड दिइ सकिएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले जनाएको छ ।

यसैबीच मेहर समाचार एजेन्सीले मध्य इस्फहान प्रान्तको मालेक्षहर सहरको एउटा चोकमा धेरै मानिसहरको उपस्थितीको बीचमा उनीहरुलाई फाँसी दिइएको रिपोर्ट गरेको छ ।

मृत्यु दण्ड पाएका दुई जनालाई गत जनवरी ८ मा प्रहरी अधिकारीहरूलाई चक्कुले आक्रमण गरेको, उनीहरु प्रहरीलाइ बाँधेर, तानेर, पेट्रोल हालेर आगो लगाएको“ अभियोगमा दोषी टहर भएको मिजानले जनाएको छ ।

उनीहरूले हतियार बनाएर डर र आतंक सिर्जना गरेर देशमा सार्वजनिक व्यवस्था र सुरक्षालाई गम्भीर रूपमा बिगार्ने कार्य गरेकोसमेत अभियोगमा भ्रष्टाचारको आरोपको सामना गरेको जनाइएको छ ।

डिसेम्बरको अन्त्यमा, भड्काएको विरोध आन्दोलन द्रुत गतिमा व्यापक सरकार विरोधी प्रदर्शनमा विकसित भइ जनवरी ८ र ९ मा चरम सीमामा पुगेको जनाइएको छ ।

इरानी अधिकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले गरेको ‘आतङ्कवादी कार्यहरू’लाई हिंसाको श्रेय दिँदै तीन हजार भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरेको छ भने अधिकार समूहहरूले सुरक्षा बलले प्रदर्शनकारीहरू माथि गोली चलाएको दाबी गरेका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण सुरु गर्नु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने धम्की दिएको जनाइएको छ, जसले मध्यपूर्वमा लामो युद्ध सुरु भयो ।

त्यस बेला देखि, द्वन्द्व र विरोध प्रदर्शन दुवैसँग जोडिएको देशमा गिरफ्तारी र मृत्युदण्ड धेरै गुणा बढेको छ ।

गत जुलाई १९ मा इस्फहान प्रान्तमा यस्तै अभियोगमा अन्य दुई जनालाई फाँसी दिइएको थियो ।

एम्नेस्टी इन्टरनेसनलका अनुसार चीन पछि इरानले कुनै पनि देशको दोस्रो सबै भन्दा बढी मृत्युदण्ड दिँदे गरेको जनाएको छ ।