नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा मंगलबार (१२ साउन) निधन भएको छ ।
जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार नेता श्रेष्ठको शव श्रद्धाञ्जलीका लागि भोलि साउन १३ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको जनाइएको छ ।
प्रतिक्रिया