राजस्व अनुसन्धान प्रमुख नै घुस लेनदेनमा सक्रिय

राजस्व अनुसन्धान प्रमुख नै घुस लेनदेनमा सक्रिय


पुनहरि बेल्बासे, भैरहवा

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सेवाग्राहीसँग पैसाको लेनदेन गरिरहेको अवस्थामा रानालाई पक्राउ गरेको हो ।

गुट्खा व्यापारी अनिलकुमार झासँग २ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा बुटवल उपमहानगरपालिका १३ बुद्धचोकबाट उनलाई रङ्गेहात पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डाक्टर भीष्मकुमार भुसालले जानकारी दिए ।

भुसाल अख्तियार प्रमुख भएर बुटवल आइसकेपछि घुसखोरीहरु धमाधम पक्राउ परिरहेका छन् । रुपन्देहीमा मालपोत कार्यालय, नापी कार्यालय, भैरहवा भन्सार कार्यालय, राजश्व अनुसन्धान कार्यालय र स्थानीय तहका उच्चपदस्थ व्यक्तिहरु घुसकै लेन गर्छन् भन्ने कुरा जानकारी भएकोले विशेष अनुसन्धान तथा निगरानी भइरहेको प्रमुख भुसालले बताए ।