देशभर कोभिड १९ संक्रमित संख्या २१,००९

देशभर कोभिड १९ संक्रमित संख्या २१,००९


नेपालमा मंगलबार (२० साउन) थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१ हजार ९ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको प्रेस ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २५९ जना संक्रमित थपिएका हुन् । संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् ।

बताइएअनुसार हाल देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन्, जसमा प्रदेश नम्बर १ मा ३ सय ३४, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७, बागमती प्रदेशमा ७ सय १६ र गण्डकी प्रदेशमा २ सय ६३ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर ५ मा ३ सय ३५, कर्णाली प्रदेशमा २ सय ९५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना उपचाररत रहेका छन् ।

यसैगरी, काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।