सुरेश परियार, रुपन्देही
रुपन्देहीको कञ्चन गाउँपालिकामा रुखमा झुण्डिएको अवस्थामा एक बालिका मृत फेला परेकी छन् । कञ्चन वडा नं. १ सुन्दरनगरटोल बस्ने वर्ष १६ की बालिका करुणा घर्ती मगर घरनजिकै जंगलमा शुक्रबार (२३ साउन) झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
गएराति आफनो प्रेमींसँगै बसेकी करुणा बिहान एक्कासी रुखमा झुण्डिएको अवस्थामा मृत फेला पर्दा कतै बलात्कारपछि हत्या भएको त होइन भन्ने परिवारले आशंका गरेको छ ।
कञ्चन वडा नं. १ रातोडाडा बस्ने वर्ष १८ का सुमन काला मगरसँग विगत ५ महिनादेखि प्रेमसम्बन्धमा रहेकी बालिका आफूले लगाएको सुरुवालले पासो लगाएको अवस्थामा फेला परेकी हुन् । राति नै करुणा हराएको भन्ने थाहा पाएसँगै परिवारले खोजतलास गरेको थियो । खोज्ने क्रममा विहान करुणाको प्रेमी सुमन कालामगरले झुण्डिएको ठाउँ बताइदिइएको बालिकाकी आमा सम्झना घर्ती मगरले जानकारी दिइन् ।
करुणाले लगाएको भित्री बस्त्र समेत खोजतलास गर्दा बाहिर भेटिएको आमा सम्झनाले बताइन् ।
घटनाको अवस्थाबारे तत्काल प्रहरीलाई खबर गरेसँगै प्रहरी घटनास्थल पुगेको थियो । घटनाका आशंकामा प्रहरीले करुणाको प्रेमीका सुमन कालामगरलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ भने करुणाको शव पोष्टमार्टका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको बताइएको थियो, तर बुटवलबाट रिफर भई थप पोष्टमार्टका टिचिङ अस्पताल काठमाडौं लैजाने तयारी भएको मृतकको पारिवारिक स्रोतले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको रुपन्देही जिल्ला प्रहरी उपरिक्षक हेमकुमार थापाले जानकारी दिए । उपरिक्षक थापाका अनुसार शव पोष्टमार्टमपछि आउने रिपोर्टका अनुसार प्रहरीले कानुनी प्रक्रिया अघि बढाउने बताउँदै अहिलै नै घटना कसरी घट्यो भन्न नसकिने अवस्था रहेको बताए ।
प्रतिक्रिया