धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको हो ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले जानकारी दिए । डा सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएअनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन । धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्ने प्रजिअ भट्टराईको भनाई छ ।
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेकोबताइएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार (२६ साउन) कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
प्रतिक्रिया