मंगलबार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा मंगलबार (२७ साउन) एकै दिन थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६३८ जना संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको कुल संख्या २३,९४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफ्रिङको क्रममा पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएको र हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको जानकारी थिए ।

यस क्रममा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बताइएअनुसार काठमाडौंका ११०, ललितपुरका १६ भक्तपुरका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २८, भक्तपुरका ४ र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका २ र काठमाडौंका २० जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ८ र ललितपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रवक्ता गौतमले काठमाडौंको वीर अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका एक, काठमाडौंका १३ र ललितपुरका एक जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १४ र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै विध ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका २ र ललितपुरका २ जना, काठमाडौं मेडिकल कलेज सिनामंगलमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ८ र ललितपुरका एक जना, नेपाल–कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक र काठमाडौंका ४ जनामा संक्रमण पुष्टि भएको हो । वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका तीन जना र भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा गरिएको परीक्षणमा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।