इलामको सूर्योदय नगरपालिकास्थित करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक युवकको मृत्यु भएको छ ।
भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय–९ घर भएका ती युवाको गए राति मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका बताइएको छ । उनको गएराति ११ः५ बजे मृत्यु भएको सूर्योदय नगरपालिकाले जनाएको छ ।
गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिर्पोट भने आउन बाँकी स्वाब सङ्कलन गरेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बराललाई उद्धृत गर्दै राससले जनाएको छ । युवकलाई छाती दुख्ने, ज्वरो आउने र सास फेर्न समस्या भएको थियो ।
अहिले शव व्यवस्थापन गर्ने तयारी हुँदै रहेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया