गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ ।
आज बिहान (१ भदौ) थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
आज फेलापरेका शव वर्ष २२ का छविलाल दोङ, वर्ष ६ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो । पहिरामा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
ज्ञातव्य छ, उक्त पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यको लागि सो पहिरो गएलगत्तैदेखि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोलीलगायत सुरक्षा निकायका अन्य टोली खटिएको थियो ।

प्रतिक्रिया