लण्डन । काठमाडौं जोन, होउन्स्लोले, नेपालबाट आएको कुटुम्ब को सम्मनार्थ डिनर आयोजना गरी कलाकारहरुसँग एउटा सानो अन्तरकृया गरेको थियो, सो अवसरमा काठमाडौं जोनका प्रकाश प्रधानले कलाकारलाई सम्मान गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताएका थिए भने कुटुम्बले यसरी आफ्नो लागि रात्रि-भोजको आयोजना गरेकोमा आयोजक तथा यस काठमाण्डौ जोन रेष्टुरेन्टलाई धन्यवाद दिएका थिए । गत आइतबार साँझ भएको सो कार्यक्रममा, नेपाल पत्रकार महासँघ- बेलायता साखाका अध्यक्ष चीरन शर्मा, कान्तिपुर एफएमका रुपेश सिलवाल, नेपलिज अवेनुका मीलन शर्मा, हाम्रो आवाजका सुजन पराजुली, नेपाल टिभीका रन्जित बस्नेत आदि पत्रकारहरुलगायत आयोजकहरु अन्जन बगाले, रितेश राज शर्मा, अन्जन बुढाथोकी उपेस्थिति रहेको थियो । नेपाली संस्कृतिको जगेर्ना गर्ने क्रममा अव्वल मानिएका कुटुम्बहरुले यूकेका विभिन्न स्थानहरुमा आफ्ना कला प्रस्तुत गरिसकेका छन् र ती सबै कार्यक्रमहरु अति नै रुचाएका छन् ।
[youtube]https://www.youtube.com/watch?v=xz7Yjbg7jn0[/youtube]
प्रतिक्रिया